मनोरञ्जन

यस्तो छ अक्षय कुमारको सफलताको मन्त्र

यस्तो छ अक्षय कुमारको सफलताको मन्त्र

भारतीय कलाकारको कुरा गर्दा अभिनेता अक्षय कुमार आफ्नो काम एकदम समयमा गर्ने अभिनेतामा गनिन्छन् ।

बलिउडका जुनसुकै कलाकारले पनि अक्षयको ठिक काम ठिक समयमा गर्ने बानीको तारिफ गर्न पछि पर्दैनन् । उनको आजबाट रिलिज भएको फिल्मम ‘जोली एल एल बी २’ को प्रचारको क्रममा गफीदैँ उनले आफ्नो सफलताको राज खोलेका छन् ।

अक्षयले बलिउडमा काम गर्न थालेको करिब २५ वर्ष भयो । यत्तिका समय बलिउडमा आफू निरन्तर रुपमा लागि पर्नुको राज नै उनले समयलाई दिएका छन् । समयको एकदम ख्याल गरेर जुनसुकै काम समयमै गर्ने अक्षयले निर्माताले आफू जस्तो सुकै सानो हिरो भएपनि वास्ता नगर्ने तर उनीहरुले आफ्नो फिल्म समयमै सकियोस् भन्ने चाहना राख्ने गरेको बताए । त्यसकारण सबै निर्मातालाई भनेको समय दिएर नै आफू सफल भएको उनी बाएँछन् । उनी निर्माताको हिरो भनेर पनि धेरै चर्चामा आइरहन्छन् ।

फिल्म उद्योगमा आउनु भन्दा पनि यहाँ बाच्नु झनै बढि चुनौतीपूर्ण भएको अक्षयको अवुभवले बताउँछ । उनी अभिनीत फिल्म जोली एलएलबी २ आजबाट रिलिज भएको छ ।

विशेष