मनोरञ्जन

सुन साँँइली परदेशबाट म आउँला, चालीस कटेसी रमाउला

सुन साँँइली परदेशबाट म आउँला, चालीस कटेसी रमाउला

माघ २७ । पछिल्लो समय युवापुस्तामाझ एकदम चर्चा कमाएको गीत हो सुन साइली । सामाजिक सञ्जालमा अहिले निकै चर्चा कमाएको यो गीतमा हेमन्त रानाले स्वर दिएका हुन् भने गीतमा शब्द तथा संगीत काली प्रसाद बास्कोटाले भरेका हुन् ।

गीतले नेपाली समाजमा भएको वैदेशिक रोजगारको जीवन्त समस्यालाई झल्काइदिएको छ । औसत दर्शकहरु गीत एकपटक सुनेर मन नअघाउने प्रतिक्रिया दिइरहेका छन् । बिदेशीएका नेपाली युवाहरुको कथा ब्यथा समेटिएको हृदय स्पर्शी यो गीत अहिलेसम्म युटुबमा आठ लाखले हेरिसकेका छन् ।

गीतको लिरिकल भिडियोमात्र हालिएको छ भने भिडियो रिलिज हुन बाँकी नै छ । गीत सुन्न तलको लिंकमा जान सक्नुहुनेछ ।

विशेष