स्वास्थ्य

सुदूरपश्चिममा औषधि खरिदका लागि ७ करोड निकासा

सुदूरपश्चिममा औषधि खरिदका लागि ७ करोड निकासा
माघ - २८ । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि छ करोड ८७ लाख निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्यरस्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु छ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो । भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख रकम निकासा भएको तथा स्वास्थ्य संस्थामा अविलम्ब औषधि पु-याउन निर्देशन दिएको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएका छन् । सुदूरपश्चिममा औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा रु ७० लाख निकासा भएको छ । डडेल्धुराको जोगबुढा अस्पताल अस्पताल र कैलालीको मालाखेती अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई सामान रु १० लाख र पाँच लाख गरी रु १५र१५ लाख निकासा गरिएको छ । पहिलो चरणमा रु ६० लाख र दोस्रो चरणमा रु १० लाख गरी रु ७० लाख निकासा भएको हो । यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा रु ५५ लाख र १२ लाख गरी रु ६७ लाख, बैतडीमा रु ५० लाख र रु १० लाख गरी रु ६० लाख औषधि खरिदका लागि निकासा भएको छ । त्यस्तै, कञ्चनपुरमा रु ४५ लाख र रु १२ लाख गरी रु ५७ लाख, अछाममा रु ४५ लाख र रु ११ लाख गरी रु ५६ लाख, डोटीमा रु ४५ लाख र रु नौ लाख गरी रु ५४ लाख, बझाङमा ४३ लाख र ९ लाख गरी ५२ लाख तथा डडेल्धुरामा रु ३५ लाख र रु १० लाख गरी रु ४५ लाख निकासा भएको छ । बाजुरा र दार्चुलामा सामान रु ४० लाख र रु आठ लाख गरी रु ४८र४८ लाख निकासा भएको जनाइएको छ । मन्त्रालयले विभिन्न अस्पतालमा समेत औषधि खरिदका लागि सिधै रकम पठाएको डडेल्धुरा स्वास्थ्य कार्यालयका प्रमुख वृषबहादुर शाहीले जानकारी गराए ।

स्वास्थ्य मन्त्रालय

विशेष