मनोरञ्जन

मनिषा बन्ने भइन् रणवीरकी आमा

मनिषा बन्ने भइन् रणवीरकी आमा
माघ २६ । कुनै समयकी चर्चित नायिका मनिषा कोइरालाले अब फेरि फिल्ममा कम ब्याक गर्ने भएकी छिन् । एक चर्चित ब्यानरबाट कम ब्याक गर्न लागेकी मनिषा निर्देशक राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको सञ्जय दत्तको बायोपिक चलचित्रमा देखिदैँ छिन् ।
चलचित्रमा रणवीर कपूरले सञ्जय दत्तको भूमिका निर्वाह गर्दै छन् । कलाकार परेस रावल सञ्जयका पिता सुनिल दत्तको भूमिकामा देखिदैँ छन् भने मनिषाले सञ्जयकी आमा नरगिसको भूमिका निर्वाह गर्दै छिन् । निर्देशक हिरानीका अनुसार नरगिस बलिउडमा १० को दशककी चर्चित नायिका हुन् । मनिषा पनि सो समय बलिउडमा निकै चर्चित भएकी र नरगिसको निधन क्यान्सरको कारण भएको र मनिषाले पनि क्यान्सरलाई जितेकी कारण फिल्ममा मनिषालाई रोजेको हिरानीले बताएका छन् । फिल्ममा नायिका दिया मिर्जाले सञ्जयकी पत्नीको भूमिका निभाउन लागेकी छिन् भने नायिका सोनम कपूर सञ्जयकी प्रेमीकाको भूमिकामा देखिदैँ छिन् । मनिषा र सञ्जयले एकसाथ आधा दर्जन फिल्ममा काम गरिसकेका छन् ।

manisha koirala Ranbir Kapoor

विशेष