मनोरञ्जन

हेर्नुहोस् बलिउड कलाकारको यस्तो बानी, नुहाउन अल्छी गर्नेदेखि जुत्ता लगाएर सुत्नेसम्म

हेर्नुहोस् बलिउड कलाकारको यस्तो बानी, नुहाउन अल्छी गर्नेदेखि जुत्ता लगाएर सुत्नेसम्म
माघ – २६ । धेरै मानिसमा आफ्ना आफ्नै कमजोरीहरु हुन्छन् । कतिपयको यस्ता बानी व्यहोरा हुन्छन् जसको कारण साथीभाइका अघि उनीहरु हाँसोको पात्र बन्न पुग्छन् । विशेषगरि साथीभाइमा हाँसोमजाक पनि आफ्नै साथीको कमजोरीमाथि गरिन्छ । यस्ता धेरै बलिउड कलाकार छन् जसका यी बानीले दर्शकलाई अचम्म तुल्याउँछ ।
सन्नी लियोनी — सन्नी लियोनीको बारम्बार खुट्टा धुने बानी छ । उनी कुनै पनि फिल्मको सुटिङको दौरानको पन्ध्र मिनेट समयमा गएर आफ्नो खुट्टा धुने गर्छिन् । करिना कपूर — सर्वसाधरणजस्तै करिना कपूरको पनि नङ टोक्ने बानी छ । शाहरुख खान — शाहरुख खान आफूले लगाएको जुत्तालाई एकदमै माया गर्छन् । उनी दिनमा एक पटक मात्र जुत्ता खोल्ने गर्छन् । कहिलेकाहीँ त उनी जुत्ता लगाएरै सुत्ने गर्छन् । शाहिद कपूर —शाहिद कपूरको एकदमै धेरै कफी पिउने बानी छ । उनी कहिलेकाहीँ त दिनमा १० कपसम्म कफी पिउने गर्छन् । जोन अब्राहम — अभिनेता जोन अब्राहमको खुट्टा हल्लाउने बानी छ । यो बानीबाट उनी केही समयसम्म पनि छुटकारा पाउन सक्दैनन् । सैफ अली खान — सैफ अली खान आफ्नो फुर्सदको समय बाथरुममा बिताउने मन गर्छन् । त्यसकारण उनको बाथरुममा एउटा लाइब्रेरी र टेलीफोन एक्संटेसन पनि राखिएको छ । प्रियंका चोपडा — प्रियंकालाई आफ्नो सामान ठीक ठाउँमा व्यवस्थित ढंगमा राख्न मनपर्छ । यदि उनको केही पनि सामान यताउता भयो भने उनी रिसले पागल हुने गर्छिन् । आमीर खान — बलिउडमा मिस्टर परफेक्सनिस्ट मानिने अभिनेता आमीर खानलाई नुहाउन भनेपछि फिटिक्कै मन लाग्दैन ।

Aamir Khan sharukh Khan

विशेष