खेल

केन्याविरुद्धको खेलको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

केन्याविरुद्धको खेलको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा
माघ–२७ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपालले बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट गरिएको छ । खेलाडी छनौट गर्न ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो । टोलीको कप्तान पारस खड्का छन् । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट भएका थिए । ५२ जनाबाट बन्द प्रशिक्षणमा २४ खेलाडी छनौट भएका हुन् । टोली आरिफ शेख र आसिफ शेख दाजुभाइ नै परेका छन् । आरिफले यसअघि नै सिनियर टोलीबाट खेलिसकेका थिए । आसिफ भने यू–१९ बाट २४ मा स्थान बनाउन सफल भएका हुन् । नयाँ सदस्यका रुपमा अमित श्रेष्ठ, दिलिप नाथ, कुशल भुर्तेल र दिपेन्द्र श्रेष्ठ छन् । कुशल र दिपेन्द्र यू–१९ टोलीबाट हुन् भने अमित र दिलिपनाथ घरेलु प्रतियोगिता खेल्दै आएपनि सिनियर टोलीबाट खेलेका छैनन् । यस्तै यू–१९ मा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरी पनि टोलीमा पर्न सफल भएका छन् । टोलीमा अन्य खेलाडी ज्ञानेन्द्र मल्ल, सुसन भारी, मेहबुब आलम, करण केसी, सागर पुन, भुवन कार्की, शरद भेषावकर, कुशल भुर्तेल परेका छन् । विक्रम शोव, शक्ति गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने पनि टोलीमा परेका छन् । राष्ट्रिय टोलीमा पुनरागमनको प्रयासमा रहेका सुवास खकुरेल, नरेश बुढायर, अनिल मण्डल र पृथु बास्कोटा टोलीमा पर्न सकेनन् । फागुन १ गतेबाट सुरु हुने बन्द प्रशिक्षण पछि २४ खेलाडीबाट १४ खेलाडी छनौट गरिनेछ ।

नेपाल बन्द प्रशिक्षण विश्व क्रिकेट लिग च्याम्पियनसिप

विशेष