डोल्पाली बालबालिकाहरुलाई पढाइरहेका युवाहरु भन्छन्, ‘युवा सबै विदेश गए, यो देशको भविष्य के हुन्छ ?
[caption id="attachment_55297" align="alignnone" width="873"] डोल्पाका बालबालिकाको शिक्षाका लागि संघर्ष गरिरहेका युवाहरु क्रमशः पेमा छिरिङ गुरुङ, मनलाल बुढा, पेमा वाङदेल, साहिद वैद्य र सरोज कटेल ।[/caption]
‘नेपालमा कुनै सम्भावना छैन, यहाँ बसेर कुनै काम छैन । केही गर्नु छ भने विदेश जानैपर्छ ।’ अहिलेका तमाम युवाहरुमा यस्तै मानसिकताले घेरेको छ । नेपालभित्र सम्भावना नदेख्ने युवाहरु वैदेशिक रोजगारको सपना देख्दै खाडी लगायतका देशतिर लाग्छन् । वैदेशिक रोजगारमा जान नस्कनेहरु भारत छिर्छन् । त्यसैले दैनिक रुपमा नेपाली होनहार युवाहरु विदेशिने क्रम बड्दो छ । जसरी, दैनिक रुपमा विदेसिने युवाहरु छन्, त्यसरी नै नेपालमै केही गर्छु भनेर लाग्नेहरु पनि धेरै छन् । परिवर्तनको लागि आफैँबाट सुरुवात
ती मध्येका एक हुन, मनलाल बुढा । डोल्पामा जन्मिएका उनी उतै हुर्किए । उनको जिल्ला विकट मात्रै छैन विकाशको पूर्वाधारबाट बञ्चित छ । जसले गर्दा उनले धेरै दुःख भोगे । उनी आफूले मात्र हैन डोल्पाको सबै मानिसहरुले धेरै नै दुःख गरेर जीवन निर्वाह गर्ने गरेका बताउछन् । उनका अनुसार डोल्पामा भात खान दसैँ–तीहार जस्ता चाडपर्व कुर्नु पर्छ । त्यहाँका सर्वसाधारण अन्य बेला सधँै रोटी खाएर गुजारा चलाउँछन् । अनेक दुःख, कष्ट भोगेरै भएपनि उनले आफ्नो प्रवेशिका (एसएलसी)सम्मको पढाइ पूरा गरे । त्यसपछि उनी पढाउनको लागि अर्कै गाउँको विद्यालयमा गए । उनको गाउँमा भन्दा त्यो गाउँमा अशिक्षित मान्छेहरु धेरै थिए । विकासमा पनि उनको गाउँभन्दा पछाडी थियो । त्यहाँका बालबालिका नेपाली भाषा बुझ्दैनन् थिए । त्यहाँ तिब्बतीयन भाषा र लिपी प्रयोग हुन्थ्यो । त्यहाँका धेरैजसो बालबालिकाहरुले पढ्न पाएका थिएनन् । तीनै शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई उनले पढाउन थाले । आफ्नो भविष्य बनाउने समयमा आफ्नो जिल्लाको बालबालिकाको भविष्य निमार्णमा लागे । उनको मनमा समाजको लागि केही गर्नुपर्छ भन्ने भावना पहिलादेखि नै थियो । त्यो ठाउँको दृश्य देखेर गरेरै छाड्छु भन्ने आत्मविश्वास पलायो । त्यहा पुगेपछि उनी शिक्षक भए । २०६० सालमा १५ सय रुपैयाको तलबले उनले पढाउन सुरु गरे । शिक्षक नै नभएको ठाउँमा उनी गएपछि धेरै अभिभावक र विद्यार्थी पढाइप्रति चासो वढ्न थाल्यो । अस्थायी रुपमा पढाइरहेका उनी सरकारी कोटामा साल्दाङ स्कुलमा पढाउन गए । साल्दाङको स्कुलमा पढाउदै गर्दा उनी आफ्नो गाउँठाउँमा पनि केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसैको परिणाम उनी ६ महिना साल्दाङको स्कुल बन्द हुदाँ आफ्नो गाउको बालबालिकाहरुलाई आफ्नै पहलमा पढाउन सुरु गरे । फुर्सदको समयमा गाउँको बालबालिकाको कापीकलम जम्मा गर्छन । गाउँमा पुस्तकालय निमार्ण गर्न सोच छ । उनले हिमालयन हिराे एमं स्नो-याक फाउडेशनका संस्थापक हिरो विनोद शाहीसँग सहकार्य गरेर बालबालिकाहरु पढाइरहेका छन् । गाउँको बालबालिका पढाउने र पढ्नुपर्छ भन्ने चेतना जगाउदै हिड्छन । उनी शिक्षक मात्रै होइन डोल्पाली समाजको गुरु बनेका छन् । विस्तारै उनको यात्रा समाजसेवातिर लम्केको छ । उनलाई काठमाडौं आएर पढ्न रहर नभएको होइन् । अरु साथीझै विदेस जान पनि सक्थे उनी । तर, गाउको विकासको लागि उनले विदेश जाने मोह त्यागिदिए । विगत १३ वर्षदेखि विकट गाउँका बालबालिकाहरुलाई पढाएका छन् उनले । त्यसैमा आफू खुसी रहेको बताउछन् । भन्छन्–‘अहिले समाज परिवर्तन हुदैँ छ, पढ्न नपाएकाहरुले पढ्न पाएका छन् । समाजलाई केही योगदान गरिदै छ । यहि नै राम्रो हो ।’ उनले आफूले काम गर्ने क्रममा डोल्पामा शिक्षाको लागि काम गरिरहेको स्नो–याक फाउन्डेसनलाई धेरै नै सहयोग गरिरहेको बताउछन् । उनी आफैँले पनि महिनाको १ हजार रुपैया बालबालिकाको लागि छुट्याउछन् । त्यहाको समाजमा घुलमिल हुन र बालबालिकाको शिक्षामा गरेको उनको योगदानलाई भुल्न नसक्ने स्नो–याक फाउन्डेसनको सस्थापक शाही बताउछन् । अमेरिका त्यागेर आफ्नै गाउ डोल्पामा रमाउदै
डोल्पामा जन्मिएका पेमा वाङदेल पनि डोल्पाको बालबालिकाको लागि लागिपरेका छन् । डोल्पामा जन्मिएपनि उनी काठमाडौंमा हुर्किए । काठमाडौंको अरुणिमा कलेजबाट प्लस टु सकाए । प्लस टु सक्ने बित्तिकै विदेश जाने सोचमा थिए उनी । आफ्नो दाइ जस्तै अमेरिका जाने सपना बोकेर डोल्पा आएका उनी डोल्पा पुगेपछि त्यो सपना त्यागे । डोल्पामा स्नो–याक फाउन्डेसनका सस्थापक शाहीलाई भेटेपछि उनी गाउँमै पढाएर बस्ने मनसाय बनाए । उनी गाउँकै श्री सार्ले दुर्गदा स्कुलमा पढाउछन् । आफैँले गाउँका बालबालिकाहरुको लागि हेल्पिङ हिमालयन नामक फाउन्डेसनसमेत खोलेका छन् । ६ महिना डोल्पामा पढाएर ६ महिना उनी काठमाडौंमा बस्छन् । काठमाडौंबाट उनीे बालबालिकाहरुलाई सहयोग जम्मा गरेर डोल्पा जान्छन् । विदेश जाने सोच सधैँका लागि मरिसकेको उनी बताउँछन् । उनी डोल्पामा एउटा छुट्टै स्कुल बनाएर सबै बालबालिकालाई शिक्षित बनाउने योजनामा लागेका छन् । आफ्नो सस्थाको माध्यमबाट डोल्पालाई समृद्ध बनाउने उनको सपना छ । उनको मन डोल्पाको बालबालिकाको लागि काम गर्दा रमाउने उनले ठम्याइसकेका छन् । अरुलाई शिक्षित बनाउन आफ्नो सपना त्याग्दै
मनलाल बुढा र पेमा वाङदेलजस्तै पेम्बा छिरिङ गुरुङपनि डोल्पाको बालबालिकाको लागि केही गर्ने सोचमा छन् । उनी आफ्नो गाउँमा भएको शिक्षा प्रणालीबाट भने असन्तुष्ट छन् । डोल्पाको स्कुलमा पढेर १२ पास गरेका उनी सबैभन्दा बढी पढेको युवामा गनिन्छन् । तर, उनको आफ्नै गाउँमा स्कुल थिएन । उनीसँगका धेरै साथीहरुले पढ्न पाएका थिएनन् । गाउँमा स्कुल नहुदाँ आफ्नो धेरै साथीहरु अन्त गएर पढ्न नसक्दा उनी दुखी भएको बताउछन् । अहिले उनी आफ्नै ठाउँका बालबालिकाको शिक्षाका लागि स्नो–याक फाउन्डेसनसँग आवद्ध भएका छन् । टासी सुम्दो प्राईमरी स्कुल खोलेर उनी गाउँले बालबालिकाको लागि पढाउने तयारीमा छन् । आफ्नो जीवनको महत्वपुर्ण समय डोल्पाली बालबालिकाको शिक्षामा खर्चने उनको योजना छ । उनलाई स्नो–याक फाउन्डेसनले सहयोग गरिरहेको छ भने, उनले स्नो–याक फाउन्डेसनलाई सहयोग गरिरहेका छन् । सानो प्रयासले ठुलो उपलब्धी
सरोज कट्टेल काठमाडौंको के एण्ड के ईन्टरनेशनल कलेजमा सोसल वर्क पढ्छन् । स्नातक दोस्रो वर्षमा अध्यनरत उनले पढाईसंगसंगै डोल्पाको बालबालिकाको लागि स्वयंसेवकको काम गर्दैछन् । उनी विगत ३ महिनादेखि स्नो–याक फाउन्डेसनको लागि काम गर्दैआएको बताउँछन् । ३ महिनाको छोटो अविधिमा उनले डोल्पाको बालबबालिकाको शिक्षाको लागि धेरै काम गरिसकेका छन् । काठमाडौंको विभिन्न कलेजमा पुगेर चिल्ड्रेन फोर चिल्ड्रेन, गृहणीको लागि गृहणी लगायतको कार्यक्रम गरेर सहयोग जुटाइरहेका छन् । स्नो–याक फाउन्डेसनको सस्थापक शाहीसँग काम गर्दा धेरै नै सिकेको बताउछन् । उनको लक्ष्य सामाजिक क्षेत्रमा केही नया काम गर्ने रहेको छ । संस्थापक शाहीसँग काम गर्दा छोटो समयमा धेरै कुराहरु सिक्न पाएको उनको अनुभव छ । उनको बारेमा शाही भन्छन¬ ‘सरोज भाइसँग धेरै नयाँ–नयाँ आइडियाहरु छ । जसको कारण हाम्रो काममा सहयोग मिलेको छ । उनी मेहनती, लगनशिल मात्र हैन समाजको लागि केही गर्नुपर्छ भन्ने सोचाइ भएका युवा हुन् । उनले जसरी मबाट सिक्दैछन् त्यसरी नै मैले पनि उनीबाट धेरै कुराहरु सिक्दैछु ।’ पढाइ इन्जिनियरिङ, काम समाजसेवा
हिमालयन कलेज अफ इन्जिनियरिङमा साहिद वैद्य कम्युटर इन्जिनियरिङ पढ्दै छन् । स्नातक दोस्रो वर्षमा अध्यनरत उनी समाजसेवामा रुचि राख्छन् । उनले पहिला धेरै सस्थामा भोलेन्टियर गर्थे । स्नो–याक फाउन्डेसनको सस्थापक शाहीको बारेमा सुन्नेवित्तिकै उनले भेट गरे । शाहीसँग भेट्ने बित्तिकै उनी समाजसेवामा भित्रैदेखि लाग्ने अठोठ गरे । अहिले उनी काठमाडौंमा बसेर डोल्पाको बालबालिकाको लागि विभिन्न सहयोग जुटाइरहेका छन् । काठमाडौंको विभिन्न कलेजमा पुगेर चिल्ड्रेन फोर चिल्ड्रेन, गृहणीको लागि गृहणी लगायतको कार्यक्रममा उनको पनि संग्लग्नता रहेको छ । उनी कम्प्युटर प्रविधीमा विशेष दख्खल राख्ने भएकाले डोल्पाली बालबालिकाको लागि प्रविधिमा योगदान गर्ने सोच रहेको बताउँछन । स्नातक सक्ने बित्तिकै डोल्पा पुग्ने उनको योजना छ । उनले डोल्पामा गएर कम्युटर इन्जिनियरिङमा केही गर्ने सपना पालेका छन् । उनको डोल्पाली बालबालिकाको लागि अहिले गरेको भन्दा धेरै सहयोग गर्न सक्ने आत्मविस्वास छ । उनको बारेमा शाही भन्छन् ‘साहिद पढाइ सोसल वर्क नभए पनि, भित्रि इच्छा समाज सेवामा छ । हाम्रो धेरै वर्कसप र कार्यक्रममा भाइले धेरै राम्रो काम गरेको छ । सहयोगी र मिलनसार उसको विशेषता हो । उसको उमेरको युवा विदेश मोहमा फस्दा ऊ पुगेर केही गर्ने सपना बोकेको छ । त्यही ठूलो कुरो हो ।’

- सागर बुढाथाेकी