खेल

संकटा क्लब उदयपुर गोल्डकपको सेमिफाइनलमा, धरानमाथि ३–१ को विजयी

संकटा क्लब उदयपुर गोल्डकपको सेमिफाइनलमा, धरानमाथि ३–१ को विजयी
माघ–२७ । चौथो उदयपुर गोल्डकपअन्तर्गत बिहिबार भएको खेलमा विजयी हुँदै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले धरान फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । संकटाको लागि राज पौडेलले २ तथा सौजन राईले १ गोल गरे । धरानको लागि प्रकाश बुढाथोकीले १ गोल मात्र फर्काउन सफल भए । सौजनले खेलको २३ औं मिनेटमा गोल गर्दै संकटालाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा सकिएपछि खेलको ६७ औं मिनेटमा प्रकाशले धरानलाई बराबरीमा ल्याएका थिए । ८९ औं मिनेटमा राजले गोल गर्दै पुन : संकटालाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा राजले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ३–१ को जित दिलाउँदै सेमिफाइनलमा पुर्याए । म्यान अफ् द म्याच भने धरानको प्रकाश बुढाथोकी भए ।

उदयपुर गोल्डकप संकटा क्लब सेमिफाइनल

विशेष