समाज

विश्व पर्वतारोही पण्डितलाई पर्यटन बोर्डको सम्मान

विश्व पर्वतारोही पण्डितलाई पर्यटन बोर्डको सम्मान
माघ - २८ । नेपाल पर्यटन बोर्डले विश्व पर्वतारोही सञ्जय पण्डितलाई दुई लाख ७५ हजारसहित सम्मान गरेको छ । हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मासिफ आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही पण्डितलाई बोर्डले कदरस्वरुप सम्मान गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा बोर्डका सदस्य कृष्ण अर्यालले उक्त रकम बराबरको चेक र सम्मानपत्र उनलाई प्रदान गरे । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा साहसिक हिमाल आरोहणको माध्यमबाट चिनाउन भूमिका खेलेकाले पण्डितलाई सम्मान गरिएको बोर्डले जनाएको छ । पण्डितले सगरमाथा मनास्लुसहित विश्वका ११ विश्व शिखर सफलतापूर्वक आरोहण गरेका छन् । उनले अफ्रिकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गरेका थिए । उनी उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालको पहिलो विश्व पर्वतारोही हुन् । पण्डितले अन्टार्टिकाकै अर्को चर्चित पर्वत माउन्ट रजम्यान पनि सफलतापूर्वक आरोहण गरेका थिए । रासस

पर्यटन बोर्ड विश्व पर्वतारोही

विशेष