समाज

सेनामा उच्च तहको दरबन्दी घटाउन सुझाव

सेनामा उच्च तहको दरबन्दी घटाउन सुझाव

माघ २८ । विज्ञहरुले नेपाली सेनामा माथिल्ला पदका दरबन्दी घटाउन र तल्लो तहमा दरबन्दी बढाउने गरी पुनःसंरचना गर्न रक्षा मन्त्रालयलाई सुझाव दिएका छन् । सेनाको पुनःसंरचना गर्न रक्षा मन्त्रालयलाई पूर्वकामु सचिव देवेन्द्र सिटौलाको संयोजकत्वमा गठित समितिकले रक्षा मन्त्रालाई बुझाएको प्रतिवेदनमा माथिल्ला पदमा दरबन्दी बढाउँदा बढुवा हुन अस्वस्थ प्रतिस्पर्धासंगै राजीतिक हस्तक्षेप हुनसक्ने खतरा औल्याँदै घटाउन सुझाएको हो ।

नेपाली सेनामा एकतारे सहायक रथीको दरबन्दीको संख्या प्राविधक सहित ७५ देखि ८० दुईतारे प्राविधिक सहित उपरथिको दरबन्दी १९ र तीन तारे रथीको दरबन्दी दुई रहेको छ ।

नागरिक

Nepal Army

विशेष