स्वास्थ्य

सेक्सबाट फैलिरहेको छ खतरनाक भाइरस

सेक्सबाट फैलिरहेको छ खतरनाक भाइरस

एचपीवी अर्थात ह्यूमन पेपिलोमा भाइसर एक खतरनाक र तीव्र गतीमा फैलिने भाइरसका रुपमा देखापरेको छ ।

यो भाइरसबाट उत्पन्न हुने रोगका लक्षण समेत पत्ता लगाउन चिकित्सकहरुलाइ कठिन भइरहेको छ । असुरक्षित यौन सम्पर्कका कारण यो भाइरस फैलने गरेको बताइएको छ । विभिन्न यौनजन्य गतिविधि र मुख मैथुनका कारण यो भाइरस तीव्रगतीमा फैलिन्छ ।यौन क्रियाकलापमा सक्रिय ८० प्रतिशत महिला र पुरुष आफ्नो जीवनकालमा यो भाइरसबाट सक्रमित हुने गरेको यूके पब्लिक हेल्थ सर्विस एनएचएस र अमेरिकन एसोशिएसन अफ सेक्सुअल हेल्थले पुष्टी गरेको छ । अमेरिकामा यौनजन्य यस भाइरसका कारण अत्याधिक महिला पुरुष बिरामी भइरहेका छन । जामा आनकोलोजी पत्रिकामा प्रकाशित राष्ट्रिय सर्वेक्षणका अनुसार यौन क्रिर्याकलापमा सहभागी दुईहजार पुरुष मध्ये आधामा भाइरसको संक्रमण पाइएको थियो ।

यो भाइरसका कारण ६ प्रकारका क्यान्सर हुन्छ । गर्भाशयको क्यान्सरका लागि एचपीवी भाइरस ९९ प्रतिसत जिम्मेवार हुन्छ । गुद्दारको क्यान्सरका लागि ८४, लिङ्गमा लाग्ने क्यान्सरका लागि ४७ प्रतिसत जिम्मेवार रहन्छ । यसका अलावा योनीमुख योनी घाटी र मुखको क्यान्सरमा पनि एचपीवी भाइरस एउटा प्रमुख कारण बनेको हुन्छ ।

एचपीवी भाइरस एक सय भन्दा बढी प्रकारको भेटिएको छ । ती मध्ये ३० वटाले प्रजनन अंगलाई असर गर्छन । एचपीवी भाइरस १६ र एचपीवी १८ भाइरस सबैभन्दा बढी खतरनाक मानिन्छन ।गर्भाशयमा लाग्ने क्यान्सरमा ७० प्रतिसत यी खतरनाक भाइरसको भूमिका हुन्छ । सामान्यतया एचपीवी भाइरसको सक्रमण बारेमा लक्षण पत्ता लगाउन धेरै कठिन हुने चिकित्कहरुले बताएका छन ।

महिलाहरुमा भने गर्भाशयका काशिकाहरुका नमूनाको जाँचबाट एचपीवी को सँक्रमण पत्ता लगाउन सकिने दावी गरिएको छ । तर पुरुषहरुमा भने यो भाइरसको सक्रमण जाँच गर्ने कुनै भरपर्दो तरिका भेटिएको छैन । एनएचएसका अनुसार यस भाइरसको लक्षण नदेखिने भएकाले उपचारमा समस्या आइरहेको छ । ३० प्रतिसत बाहेकाका भाइरसहरु मानिसमा देखापरेपनि ती भाइरसहरुले भने खासै नोक्सान नगर्ने बताइएको छ ।

बिरामीको यौनाङ्गमा गाँठो देखिएमा क्रिम मलम वा रसायनको प्रयोगबाट उपचार गर्न सकिन्छ । त्यस्ता गाँठहरुलाई फ्रिजङ तथा बर्निङको विधिबाट पनि हटाउन सकिन्छ । महिलाहरुमा एचपीवीको संक्रमण लगातार रुपमा जारी रहेमा यसले गर्भाशयका कोशिकाहरुमा परिवर्तन गराउने खतरा हुनसक्छ । यसबाट गर्भाशयमा क्यान्सर हुने ंसंभावना बढी हुन्छ । त्यसकारण गर्भाशयमा अनावश्यक कोशिका बढेको थाहा भएमा महिलाहरुले नियमित रुपमा पेप टेस्ट गर्नु पर्छ ।

युवाहरुको सन्दर्भमा भने एचपीवी भाइरसबाट बच्नका लागि खोपको भने विकास भइसकेको छ । बजारमा उपलब्ध यस्ता खोपहरुले एचपीवी १६ र एचपीवी १८ जस्ता खतरनाक भाइरसहरुलाई रोक्न सक्छ । कतिपय देशहरुमा सरकारले यस्तो खोप युवा युवतीहरुलाई उपलब्ध गराउदै आएका छन ।

sex

विशेष