मनोरञ्जन

यस्तो छ दर्पण छाँया २ को ट्रेलर

यस्तो छ दर्पण छाँया २ को ट्रेलर

माघ २८ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘दर्पण छाँया’ को ट्रेलर रिलिज भएको छ । फिल्म रिलिज हुन करिब एक महिना बाँकी हुँदा बिहिबार युटुबमार्फत ट्रेलर सर्वजनिक गरएको हो ।

निर्देशक तुलसी घिमिरेले करिब पाँच वर्ष पछि फिल्ममा कम ब्याक गरेका हुन् । सुपरहिट फिल्म ‘दर्पण छाँया’ को नाम जोडिए पनि फिल्म दर्पण छाँयाको सिक्वेल भने होइन । तुलसी घिमिरेले फिल्मको कथादेखि कलाकारसम्मलाई परिवर्तन गरेका छन् । फिल्ममा उनले नयाँ अनुहारलाई मौका दिएका छन् ।

फिल्ममा पुष्पलाल खड्का, श्रद्धा प्रसाइ मुख्य भूमिकामा देखिदैँ छन् भने सरोज खनाल, बिएस राणाजस्ता पुराना अभिनेता पनि फिल्ममा देखिदैँ छन् । फिल्मलाई सवु गदाल कार्कीले निर्माण गरेका हुन् ।

फिल्मको ट्रेलर तलको लिंकमा हेर्न सक्नुहुनेछ ।

Darpan Chaya 2

विशेष