समाज

ग्रामिण क्षेत्रमा विद्यार्थी पढाउन ब्यस्त जिल्ला शिक्षा अधिकारी

ग्रामिण क्षेत्रमा विद्यार्थी पढाउन ब्यस्त जिल्ला शिक्षा अधिकारी

माघ २८ । शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन ब्यस्त छन् ।

नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कक्षामा पुगी विद्यार्थीलाई पढाउने गरेका छन् ।

विद्यालयको शैक्षिक अवस्थाको निरीक्षण एवम् अनुगमन गर्ने क्रममा जिशिअ काशिछेवाले शैक्षिक अवस्थाको छड्के जाँच गरी अपुग कुरा विद्यार्थीलाई सिकाउने गरेका छन् । जिशिअले टोलीमा विषयगत विशेषज्ञ स्रोत व्यक्तिहरु लिएर जाने हुँदा विषयगत समस्या समाधान गर्न सजिलो भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।

जिल्लाको सिकाइ उपलब्धि जसरी भएपनि वृद्धि गर्नुपर्ने चुनौती आजका शिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीमा रहेकाले विद्यालय निरीक्षण दौडाहा कार्यक्रम अभियानका रुपमा अगाडि बढाएको जिशिअ काशिछवाले बताए । शैक्षिक सुधारका लागि शिक्षाका तीन खम्बा शिक्षक, विद्यार्थी र अभिभावकलाई नै सचेत तथा क्रियाशील गराउन गाउँगाउँ पुग्ने गरेको जिशिअ काशिछेवाले दाबी गरे ।

विगतका दिनमा भन्दा काशिछेवाको आगमनपछि अधिकांश विद्यालयमा शिक्षकले नियमित रुपमा पढाउन थालेको प्रधानाध्यापक बताउँछन् । भौतिक निर्माणका काम जिल्ला शिक्षाले तीव्र गतिमा अगाडि बढाएको छ ।

विशेष