खेल

१६ युरोपेली टोलीलाई विश्वकपमा समावेश गर्न युइएफएको आग्रह

१६ युरोपेली टोलीलाई विश्वकपमा समावेश गर्न युइएफएको आग्रह
माघ–२८ । युनियन अफ युरोपियन फुटबल एसोशिएसन (युइएफएले) सन् २०२६ मा हुने विश्वकपमा १६ युरोपेली टोलीलाई समावेश गर्न फिफासँग आग्रह गर्ने भएको छ । युरोपेली फुटबलको उच्च निकाय युइएफएले छनौट चरण पार गरेका टोलीलाई भिन्न भिन्न समूहमा पार्न समेत आग्रह गरेको छ । फिफाले विश्वकप खेल्ने देशको संख्या ३२ बाट ४८ मा पुर्याएपछि १६ टोली युरोपेली देशबाट समावेश गर्नुपर्ने माग गरेको हो । विश्वकप छनौटमा ४८ टोली हुनेभएपछि युरोपेली देशका लागि १६ वटा स्थान माग्नु जायज भएको युइएफएका अध्यक्ष अलेक्सान्दर केफरिनले बताए । यसअघि सन् २०१४ को विश्वकपमा १३ वटा युरोपेली देश छनौट भएका थिए ।

युइएफए युरोपेली टोली विश्वकप

विशेष