खेल

भारतीय खेलाडीलाई करछलीको आरोप

भारतीय खेलाडीलाई करछलीको आरोप
माघ–२८ । भारतीय टेनिस खेलाडी सानिया मिर्जालाई आयकर विभागले करछलीको सम्बन्धमा पत्र पठाएको छ । उनलाई आयको अनुपातमा कर नतिरेको आरोप लागेको छ । विभागले सानियालाई ६ फेब्रुअरीमै यस सम्बन्धमा पत्र पठाएको थियो । उनलाई १६ फेब्रुअरीसम्म विभागको कार्यालयमा उपस्थित हुन पनि आदेश दिइएको छ । भारतीय टेनिसको सबैभन्दा सफल महिला खेलाडी मानिएकी सानिया विश्व वरियतामा २० सम्म पुग्ने पहिलो भारतीय खेलाडी हुन् । उनले डबल जोडीको रुपमा थुप्रै ग्रान्ड स्लाम उपाधि पनि जितेकी छिन् ।

करछली भारतीय खेलाडी सानिया मिर्जा

विशेष