कप्तान कोहलीले रचे टेष्ट सिरिजको कीर्तिमान

माघ–२८ । भारतीय टेष्ट कप्तान विराट कोहलीले टेष्ट सिरिजको कीर्तिमान बनाएका छन् । उनले लगातार चार टेष्ट सिरिजमा दोहोरो शतक बनाउने कीर्तिमान बनाएका हुन् ।
भारतको हैदराबादमा जारी बंगलादेशविरुद्धको एक मात्र टेष्टमा शुक्रबार दोहोरो शतक बनाउँदै कप्तान कोहलीले आफ्नो कीर्तिमान पूरा गरे । टेष्टको पहिलो दिन नै शतक बनाएका कोहलीले दोस्रो दिन १११ रनबाट खेल्दै २०४ रन बनाएर आउट भए ।
उनले सर डन ब्राडमान र राहुल ड्रभिडले लगातार तीन टेष्ट सिरिजमा बनाएको दोहोरो शतकको कीर्तिमानलाई तोडेका छन् । यसअघि कप्तान कोहलीले वेष्ट इन्डिज, न्युजिल्याण्ड र इंग्लयाण्डविरुद्धको टेष्ट सिरिजमा दोहोरो शतक बनाएका थिए ।
कोहलीले वेष्ट इन्डिजविरुद्ध २००, न्यूजिल्याण्डविरुद्ध २११ र इंग्ल्याण्डविरुद्ध २३५ रन बनाएका थिए ।
कीर्तिमान
टेष्ट सिरिज
विराट कोहली