कता हराए अनमोल ?

माघ २८ । पछिल्लो समयका हट केक नायक अनमोल केसीको समाचारहरुको त के कुरा अहिले सामाजिक सञ्जाल इनसटाग्राम र फेसबुकमा पनि उतिसारो देखिदैँनन् । कारण के होला ?
यसको एउटै कारण हो उनको आउँदै गरेको फिल्म ‘कृ’ । केसी अहिले आउँदो फिल्म ‘कृ’ को तयारीमा गम्भीरतापूर्वक लागि परेका छन् । फिल्म ‘कृ’ को लागि अनमोलले २० लाख पारिश्रमिक बुझ्ने तयारीमा रहेका केसी त्यसै फिल्मका लागि ब्यस्त छन् ।
केसीको चकलेटी लुक्सले फिल्म अत्याधिक हिट भएपछि जो कोही निर्माता निर्देशक पनि उनलाई फिल्ममा लिन हतारिन्छन् । दर्शक या आलोचकसामु पनि उनी चर्चित नै छन् । उनले गरेको अभिनयको हाँसो मजाक उडाउने जमात पनि उत्तिकै छ ।
आफ्नो अनुहारले गर्दा मात्र चलेको हो भन्नेहरुलाई गलत साबित गर्नका लागि अहिले केसी सबै चिजबाट टाढै बसेका हुन् । ठूलै तयारीमा रहेका उनी ‘अनमोल अभिनयले नै हिट भएको हो’ भन्ने कुरा पुष्टि गर्न लागिपरिरहेका छन् ।
फिल्म कृ मा केसीले आफ्नो वासतावकि उमेर भन्दा बढि उमेरको मान्छेको भुमिका निभाउँदै छन् । आफूले गर्दै नगरेको र नभोगेको कुरालाई अभिनयमा उतार्ने काम उनलाई पक्कै पनि चुनौतीपूर्ण छ । पात्रमा आफूलाई पूर्ण रुपमा ढल्नका लागि उनी भरपुर तयारी गर्दै छन् ।
Anmol KC
