मनोरञ्जन

ऋतिकले आँखा दान गर्ने

ऋतिकले आँखा दान गर्ने
माघ २८ । बलिउड अभिनेता ऋतिक रोसनको आँखा मन पराउनेहरु धेरै छन् । उनको शरीरसँगै निला आँखाको तारिफ गर्ने पनि धेरै छन् । रोसनले आफ्नो निला आँखा दान गर्ने निर्णय गरेका छन् । पछिल्लो फिल्म ‘काबिल’मा आँखा नदेख्ने भूमिका निर्वाह गरेपछि उनी आँखा दान गर्ने निर्णयमा पुगेका हुन् । फिल्ममा दृष्टिविहीनको भूमिका निर्वाह गर्दा आफूलाई यस कुराको महशुश भएको उनले बताएका छन् । भारतीय मिडियाकाअनुसार उनले आफ्नो ३४औँ जन्मदिनको अवसर पारेर आँखा दान गर्ने निर्णय गरेका हुन् । उनले चिकित्सक एस नटराजसँग आँखा दान गर्ने वाचा गरेका छन् ।

Ritik Rosan

विशेष