समाज

भक्तपुरको महादेव मन्दिरबाट चाँदीको मूर्ति चोरी

भक्तपुरको महादेव मन्दिरबाट चाँदीको मूर्ति चोरी
माघ–२८ । सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ । करिब पाँच लाख रुपैयाँ बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । त्यसैगरी सूर्यविनायक नगरपालिका– १२ चितापोल देउजा गाउँका ३६ वर्षीय राम देउजाको शव सोही नगरपालिकाको नलिन्चोक जोरपाटीस्थित एउटा खेतमा भेटिएको पनि उनले बताए । रासस

चोरी भक्तपुर मूर्ति

विशेष