मनोरञ्जन

जव पत्रकारले करण जोहरलाई शाहरुख खानसँग रात बिताएको भने...

जव पत्रकारले करण जोहरलाई शाहरुख खानसँग रात बिताएको भने...
माघ - २८ । बलिउडका चर्चित निर्देशक करण जोहरले आफ्नो जीवनका धेरै विवादित प्रसंगबारे एक टेलिभिजन अनतर्वातामा खुलेर जवाफ दिएका छन् ।
भारतका एक वरिष्ट पत्रकार वीर सांघवीसँगको अन्तर्वार्तामा उनले काजोलको काजोलसँगको मित्रता सधैँका लागि समाप्त भएको बताए । उनीहरुको समबन्धमा चिसोपना ल्याउने काम काजोलका पति अजय देवगनले गरेको खुलासा गरे । उनीहरुबीचको सम्बनध अब कुनै हालतमा बन्न नसक्ने उनले दाबी गरे । उनले बताएअनुसार एकदिन अजयले आफूलाई फोन गरेर एक्कासी गाली गलौज गरेका थिए । काजोलको बारेमा करणले एक पार्टीमा केही नराम्रो भनेका कारण उनी करणमाथी जाइलाग्न पुगे हुन् । तर, करणका अनुसार त्यसरी जाइलाग्नुपर्ने कारण केही थिएन । यो समस्यालाई फेरि पनि समाधान गर्न सकिन्थ्यो तर काजोलले पनि विवादमा उल्टो आफ्ना पतीको समर्थन गरेपछि उनीहरुबीचको सम्बनध कहिल्यै नबन्नेगरि बिग्रिएको हो । अन्तर्वाताको क्रममा पत्रकारले करणलाई उनको अत्यन्तै मिल्ने साथी शाहरुखसँग रात बिताउनुभएको छ भनेर सोध्दा जवाफमा उनले उल्टो पत्रकारलाई के तपाईं आफ्नो भाइसँग रात बिताउनुहुन्छ भनेर प्रश्न गरिदिए । करणले शाहरुख आफ्नो अत्यन्त मिल्ने भाइ भएको बताए । यसै प्रसंगमा उनले आफूलाई कोही पनि पुरुष मित्रसँग डिनरमा जान डर लाग्ने किनभने सबैले उनलाई कोही पनि पुरुषसँग नजिकिएको देख्दा उही पुरुषसँग रात बिताउँछ भन्ने टिप्पणी गर्ने आरोप लाग्ने खुलाए ।

Karan Jauhar sharukh Khan

विशेष