खेल

सन्दिप विश्वकै उत्कृष्ट ३० औँ युवा बलर

सन्दिप विश्वकै उत्कृष्ट ३० औँ युवा बलर
माघ–२८ । नेपाली क्रिकेटर सन्दिप लामिछाने विश्वकै उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा परेका छन् । नेपाली लेग स्पिनर लामिछाने बेलायती क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले सार्वजनिक गरेको विश्वभरको २२ वर्षमुनीको उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा सन्दिप परेका हुन् । म्यागजिनले सार्वजनिक गरेको सूचीमा लामिछाने ३० औं नम्बरमा परेका छन् । सन् २०१६ को यु–१९ विश्वकपमा आयरल्याण्डविरुद्ध लामिछानेले ह्याट्रिक विकेट लिएको तथा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेको उल्लेख गरेको छ । साथै लेग स्पिन बलिङ गर्ने लामिछानेसँग धेरै तरिका रहेकाले पछि पाकिस्तानी स्टार बलर ‘यासिर शाह’ जस्तै हुने बताएको छ । त्यस्तै म्यागजिनले क्लार्कले सन्दिपबारे गरेको प्रशंसाको भनाइ समेत उल्लेख गरेको छ । उक्त म्यागजिनले हालसम्म ३० देखि १६ औं स्थानसम्मको उत्कृष्ट युवा क्रिकेटरको सूची मात्र सार्वजनिक गरेको छ । बाँकी सूची पछि सार्वजनिक म्यागजिनले जनाएको छ ।

‘अलआउट क्रिकेट’ नेपाल सन्दिप लामिछाने

विशेष