नेपाल आज विशेष प्रवास मेरो परिवार मेरो कथा

यी हुन् अमेरिकामा मृत्यु भएका नेपालीहरु, मुख्य कारण हत्या, आत्महत्या र सवारी दुर्घटना

यी हुन् अमेरिकामा मृत्यु भएका नेपालीहरु,  मुख्य कारण हत्या, आत्महत्या र सवारी दुर्घटना

अमेरिका नेपालीको मात्रै होइन विश्वका विभिन्न देशका युवाहरुको सपनाको देशको हो । अमेरिका जस्तो समृद्ध देशमा जान को लालहित नहोला ? अमेरिकाको विलाशित्तामा रमाउनका लागि जान चाहने पनि छन् भने केही गरेर नाम कमाउन जान चाहने पनि छन् । त्यसैले अमेरिका पुग्ने सुनोलो सपना देखिरहेका कयौँ नेपालीहरु नेपालस्थित अमेरिकी राजदूतावासमा भिसाको आवेदन दिनेहरुको लामो लाइन देखिन छ । प्लस टु पुस्ता होस् या मास्टर गरेका युवा अमेरिका जानको लागि हरप्रयास गरिरहेका हुन्छन् । अमेरिकाको आर्कषणबाट सरकारी कर्मचारीदेखि लिएर कलाकारसम्म अछुत हुन सकेका छैनन् । ती मध्ये थोरै मात्र अमेरिका पुग्न सफल हुन्छन् । कतिको क्षमता पुग्दैन त कतिको धरौटी पुग्दैनन् । भिसा नलागेकोहरु निन्याउरो अनुहार लगाउँदै फकिन्छन् भने भिसा लागेकाहरु खुसीले फुरुङ हुन्छन् । भिसा लागेकाहरु घरगोठ बन्दकी राखेर आफन्तलाई डेरामा सारेर अमेरिका पुग्छन् । जसरी नेपाली अमेरिमा मिठो सपना बुनेर पुगेका हुन्छन्, त्यसरी नै त्यहाँ पुगेर अकालमा ज्यान गुमाउने पनि धेरै छन् । विगत ८ वर्षको अवधिमा मात्रै सबैभन्दा सुरक्षित मानिएको देश अमेरिकामा १५ जना नेपालीले अकालमा ज्यान गुमाएका छन् । अमेरिका सुरक्षित, कमाई हुने र राम्रो ठाउँ सोचर जाने नेपालीहरु पछिल्लो समय जानु अगाडि केही सोच्नु पर्ने भएको छ । किनकि, अमेरिका जाने नेपालीहरुको पहिलाको तुलनामा मृत्युदर बड्दै गएको छ । धेरै ठूला सपना देखेर अमेरिका जानेहरु बाकसमा प्याक भएर आएका छन् ।

► नेपालीका लागि करोडौं सहयोग जुटाउने समाजसेवी लामिछाने राजदुतको रवैया सम्झिएर मन्त्रीका सामू भक्कानिए


काम गर्दा गर्दै गोली प्रहार अशोक भट्राई अमेरिकामा ग्यास स्टेसन्मा काम गर्थे । काम गर्दै उनले पढाइलाई निरन्तरता दिएका थिए । एकदिन उनी ग्यास स्टेसनेमा काम गर्दै थिए, त्यत्ति नै बेला उनलाई लुटेराले गोली प्रहार ग¥यो । घटनास्थलमै भट्टराईको निधन भयो । यो घटना सन् २००८ को हो । त्यतिबेला अमेरिकामा नेपालीहरु धेरै पुगिसकेका थिएनन् । नेपालीमाथि गोली चल्नु र हत्या हुनु नौलो विषय थियो । त्यसैले उक्त दृश्य अमेरिकाको टेलिभिजनले प्रशारणसमेत गरेको थियो । सवारी दुर्घटनाले लियो ज्यान सन् २००९ मा अमेरिकामा अर्को होनहार नेपालीको सडक दुर्घटनामा मृत्यु भयो । बलराम गौतम अमेरिका गएको पाचौँ वर्ष भएको थियो । सन् २००८ मा गणीतमा अमेरिकी विश्वविद्यालय टप गरेपछि उनी चिर्चित बनेका थिए । पढाइ सक्दा नसक्दै उनी वुडवार्ड हस्पिटलमा आईटी सिस्टम म्यानेजरको जागिरे भइसकेका थिए । अमेरिका गएको चौँथो वर्षमा एकपटक मात्र उनी नेपाल आएका थिए । ‘अब कमाइ राम्रो हुन्छ । बेलाबेला आइरहन्छु । तपाईहरुले अब धेरै दुःख गर्न पर्दैन । आरामको जिन्दगी जिउँनुहोला ।’ भन्दै आफ्नो घरपरिवारसँग छुट्टिएका बलराम कहिल्लै फर्केनन् । कार्यलयबाट घर फर्कने बेलामा उनको कारलाई ट्रकले ठक्कर दियो । उनको मृत्यु घटनास्थलमै भयो । उनको शव नेपाल ल्याउन सकिएन् । उनको मृत्यु हुनु अगाडि उनको दाइको पनि सवारी दुर्घटनामा नेपालमै मृत्यु भएको थियो ।

► लक्का जवान दुई छोरा गुमाएको पीडादेखि समाजसेवामा सम्पत्ति सक्दाको सन्तुष्टिसम्म


श्रीमतीको मृत्यु पछि श्रीमानले गरे आत्महत्या १८ महिना अगाडि टेक्सास डेन्टनकी समिरा शिवाकोटीलाई एक अश्वेत अमेरिकीले गोली प्रहार गरे । गोली प्रहारको कारण उनको घटनास्थलमै मृत्यु भयो । सिवाकोटी अमेरिकामा आफ्ना परिवारका सदस्यसहित व्यापार गर्दै बसेकी थिइन् । दुई छोरीकी आमा ३१ वर्षीया शिवाकोटी आफ्नो श्रीमान नवराज शिवाकोटीका साथ ‘¥यापिड ओ’ नामक कन्भिनियन्ट स्टोर चलाउँदै आएकी थिइन् । स्टोरको काउन्टरमा रहेको बेला किनमेलको बहानामा भित्र छिरेका एक अफ्रो–अमेरिकी युवकले उनलाई गोली प्रहार गरेका थिए । शिवाकोटीका २ वटा छोरीहरु थिए । आफ्नै व्यावसाय रामै्रसँग चलेको थियो । तर, सिवाकोटीलाई आफ्नै ग्यास स्टेसनमा काम गर्दागर्दै विनाकारण गोली प्रहार गरियो । सीसीटीभी फुटेजमा सिवाकोटी र ग्राहक बनेर आएका उनका हत्याराबीच कुनै बिवाद भएको पनि देखिँदैन । त्यो हत्या गर्ने व्यक्तिले पैसा र सामान पनि लुटेर लगेको थिएन् । तर, पनि उनको टाउको र छातीमै गोली लाग्यो । ती तीन गोलीले उनको परिवार पुरै तहसनहस गरिदियो । उनको पतीले जसोतसो छोरीहरुलाई रेखदेख गर्दै आएका थिए । तर, उनले पनि दुई काखे छोरीलाई टुहुरो बनाएर आत्महत्या गरे । उनको दाहसस्कार अमेरिकामा नै भयो ।
७ महिनामै बाकस बनेर फर्किए गत वर्षको अन्त्यतिर काठमाडाैँको २० वर्षीय रुशल श्रेष्ठको सवारी दुर्घटनामा अमेरिकामा मृत्यु भयो । उनी अमेरिका गएको ७ महिनामात्रै भएको थियो । सुरुमा सागिना, मिचिगन गएका उनी एक सेमेस्टरको पढाइ सकेर टेक्सास गएका थिए । राति १० बजे साथीलाई काममा छोड्न जाँदा सवारी दुर्घटना उनको मृत्यु भयो । उनी कहिल्यै नफर्किने गरी विदा भए । नेपाली समाज टेक्सासले गरेको सहयोगबाट उनको शव नेपाल आयो । घरपरिवार, आफ्नो सपना र ऋण परिवारको थाप्लोमा छोडेर उनी बाकस बनेर नेपाल आए ।

► अर्धचेत कल्पना बरबराइरहेकी छिन्, ‘मेरो बिन्ती ! छोरी निशाको मुख हेर्न देऊ’ [भिडियोसहित]


एकै परिवारको ४ जनाको मृत्यु यही वर्षको कातिक २२ गते अमेरिकाको जर्जियामा एकै परिवारको ४ नेपालीको सवारी दुर्घटना परी मृत्यु भयो । उक्त दुर्घटनामा २ जन घाइतेले भने ज्यान जोगाउन सफल भए । १८ पांग्रे कृषि उत्पादन बोकेको ट्रकसँग कार ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौं बानेश्वरका चिरञ्जीवी खनाल, उनकी श्रीमती मञ्जरी खनाल, बुहारी ऋचा खनाल थिए । मृत्यु भएको अर्की युवती खनाल परिवारको हुनेवाला बुहारी थिइन । खनाल परिवारको छोरा समिर र सुवास घाइते भएर बाच्न सफल भएका थिए । चिरञ्जिवि दम्पती मेडिकल डाक्टर थिए । बुहारी ऋचा स्टाफ नर्स थिइन् । मृतक चिरञ्जीवी सरकारका अवकाश प्राप्त पनि जागिरे हुन । मञ्जरी पाटन क्याम्पसबाट अवकाश प्राप्त प्राध्यापक थिइन् । उनीहरुको मरण अमेरिकामा हुन पुग्यो ।
एकमात्र सन्तान निशाकाे पनि अमेरिकामा मृत्यु कल्पना कार्कीकी एकमात्र सन्तान निशा कार्की अमेरिका गएपछि उनी परिवारमा एक्ली थिइन् । गत मंसिर १ गते कार्की कामबाट फर्कर्दै थिइन्, एक्कासी फोनको घण्टी बज्यो । अपरिचित नम्बर भएपनि अमेरिकाबाट आएको भन्ने कल्पनाले बुझिहालिन् । ‘हेलो निशु’ उनले फोन उठाइन् । तर, फोनमा निशाको आवाज थिएन । कोही नेपाली युवतीले गरेको फोन थियो त्यो । ‘निशाको अवस्था गम्भीर छ । होस्टेलमा काम गर्दागर्दै बेहोश भएर उनलाई हस्पिटलमा लगेको छ ।’ फोनको लाईन काटियो । त्यसपछि उनले केहि देखिनन् । बल्लतल्ल घर आईपुगिन् । निशा बेहोस भएको खबर आफन्तहरु सबैले पाइसकेका थिए । उनका केही आफन्त र चिनजानका उनलाई सान्त्वना दिन आइसकेका थिए । केही बेरमा फेरि अमेरिकाबाट फोन आयो । त्यो फोन इष्ट सेन्ट्रल युनिभर्सिटीको थियो, जहाँ निशाले नर्सिङ पढ्दै थिइन् । फोनमा कुरा गर्दा नगर्दै कल्पना बेहोश भइन् । ११ महिना अघि निशालाई बाई भनेर नेपालबाट बिदा गरिदिएकी कल्पनाको श्रीमान बितिसकेका थिए । उनले जसोतसो गरेर छोरीलाई हुर्काएकी थिईन् । छोरी निशा पढ्नमा ट्यालेन्ट थिईन् । त्यसैले उनले अमेरिकाजस्तो देशमा पढ्न पठाइन् । छोरी अमेरिका पठाउदा लागेको ऋण मात्र होईन आफ्नो एकमात्र सहारा गुमाउदा उनी धेरै दिनसम्म बेहोस भईन । ओकलाहमा राज्यमा कलेजमा काम गर्दागर्दै ढलेकी निशाको उपचारका क्रममा मृत्यु भयो । जसरी पनि छोरीको शव हेर्ने कल्पनाको पुकार अमेरिका र अन्य देशमा रहेका सहयोगीको सहयोगबाट पूरा भयो । आमा कलपनाले हेर्नै नसक्ने गरि निशा बाकसमा प्याक भएर आईन् ।
घर फर्किनु अघिल्लो दिन ममताकाे मृत्यु निशाको शव नेपाल पुगेको एक महिना नवित्दै अमेरिकाको वाशिंगटन राज्यमा ममता कंडेलको मृत्यु भयो । उनको मृत्यु सवारी दुर्घटनामा भएको हो । २० वर्र्षीया कँडेलको मृत्यु हुदाँ सुमित शाही र बिकास सिग्देल घाइते हुन पुगे । सडकमा जमेको हिऊँमा गाडी चिप्लिएकाले सवारी दुर्घटना भएको थियो । नेपाल जान लागेका सुमित शाहीलाई विमानस्थल छोड्न जाने क्रममा भएको दुर्घटनामा ममताको निधन भएको थियो । ममता आफैं पनि डिसेम्बर २१ मा नेपाल फर्किने तयारीमा थिइन् ।
३ नेपालीको सवारी दुर्घटनामा मृत्यु ममता कडेलको मृत्यु भएको भोलिपल्ट फ्लोरिडा राज्यमा भएको सवारी दुर्घटनामा परि २० बर्षीय नेपाली बिद्यार्थी संगम सुवेदीको मृत्यु भयो । उनी सँगै यात्रामा रहेका अश्लेषा पण्डितको पनि ज्यान गयो । सुवेदीले कारमा यात्रा गर्ने क्रममा राजमाग सडकमा बलेको रातो बत्तिमा कार रोक्न नसक्दा मृत्यु भएको हो । उनले अगाडि रहेको माल बाहक गाडीलाई ठक्कर दिएका थिए । त्यस मालबाहक गाडीले पनि लामो मालबाहक गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा सुवेदी र पण्डितको मृत्यु भएको थियो भने सोही गाडीमा रहेका २० बषीया श्रद्धासिंह ठाकुरी गम्भीर घाइते भएकी थिइन । अलबामा ट्रोय विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु परीक्षा सकेर फ्लोरिडा घुम्न गएका बेला सवारी दुर्घटनामा परेका हुन् । सडकमा बलेको रातो बत्तीमा सवारी नरोकी अगाडि बढेका उनीहरुको गाडी दुर्घटनामा परेको हो । गत पौष ४ गते क्यालिफोर्नियाको स्यान डियागोमा नेपाली चेली सरिता शाक्यको सवारी दुर्घटनामा निधन भयो । मदिरा सेवन गरेर हाँकिएको अर्काे गाडीले शाक्यको गाडीलाई ठक्कर दिएको थियो । सरिता करिव १० वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् ।
अन्य देशको अवस्था अमेरिकामा भन्दा बढी अन्य देशमा नेपाली कामदारहरु असुरक्षित छन् । विदेसस्थित नेपाली दूतावासहरुका अनुसार सन् २०१६ मा मध्यपुर्वका देश र मलेसियानमा मात्रै ९ सय ५० जना नेपाली कामदारहरुले ज्यान गुमाएका छन् । ती मध्ये ३८ जना महिला रहेका छन् । मलेसियामा ३ सय ९२, साउदीमा २ सय २९, कतारमा १ सय ७६, सयुक्त अरब ईमिरेट्समामा ६६, कुवेतमा २५, दक्षिण कोरियामा २०, बहराईनमा ११, अफगानस्थिातनमा १४, ओमनमा ७ र ईराकमा ५ जनाको मृत्यु भएको छ । ईजरायल, लेवनान, इजिप्ट, सिरिया र साईप्रसमा एक एक जना नेपालीले ज्यान गुमाएका छन । यी देशहरुबाट वर्षेनी हजारभन्दा बढी शव बाकसमा प्याक बनेर नेपाल आउँछ ।
– सागर बुढाथोकी

America Nepali death in America

विशेष