समाज

कर्मचारीको आन्दोलन नुवाकोटको जिविस र गाविसको काम प्रभावित

कर्मचारीको आन्दोलन नुवाकोटको जिविस र गाविसको काम प्रभावित
माघ–२८ । स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण जिविस र गाविसको काम प्रभावित भएको छ । स्थानीय निकाय संयुक्त आन्दोलन समितिका नाममा शुक्रबार तीन घन्टा कलम बन्द भयो । बिहान १० बजेदेखि १ बजेसम्म कर्मचारीले काम रोकेको सेवाग्राही मारमा परे । कर्मचारीहरु सुशासन, स्थानीय तहको निर्वाचन र जनअपेक्षानुसारको सेवा प्रवाह गर्न सक्ने सक्षम साङ्गठनिक संरचनाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सरकारले आफ्ना मागलाई सुनुवाइ नगरेका कारण बाध्य भएर काम नै ठप्प पारेर आन्दोलन गर्नुपरेको स्थानीय निकाय कर्मचारी सङ्घका केन्द्रीय सदस्य तथा जिविसका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताए । योजना सम्झौताका बेलामा गाविस र जिविसमा कर्मचारीको हड्ताल भएपछि सेवाग्राही समस्यामा परेका छन् । रासस

कर्मचारीको आन्दोलन काम प्रभावित नुवाकोट

विशेष