विचार कुरा: खस्रा मिठा

नेपाल, भारत र चीन टुक्राउने योजनामा जर्ज सोरस र फादर मुन (भिडियोसहित)

नेपाल, भारत र चीन टुक्राउने योजनामा जर्ज सोरस र फादर मुन (भिडियोसहित)

माघ २९ । नेपालको राजनीतिलाई प्रभावमा लिएर चीनलाई पाँच टुक्रा पार्ने र भारतलाई पनि बाँकी नराख्ने उद्देश्य बोकेको एक अमेरिकी संस्थाले नेपालका मिडियामा पनि लगानी गरिरहेको छ ।

राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीका अनुशार अमेरिकाको ओपन सोसाइटी फाउन्डेसनको एक रिपोर्टमा यस्तो उल्लेख छ । यो त्यही फाउन्डेसन जसबाट नेपालका केही मिडियाले पनि पैसा लिन्छन् । यसरी अमेरिकी संस्थाले नेपाल जस्तो मुलुकमा लगानी गर्दा उनीहरुलाइ के फाइदा हुन्छ त ? सुवेदी भन्छन्, ‘पैसा दिने, अनि आफू अनुकलका मान्छे, संस्था तयार पार्ने र भोलिका दिनमा नेपाललाई प्रभावमा लिएर चीन टुक्रा पार्ने मूभमेन्ट चलाउने उद्देश्य हो ।’

 

सुवेदी थप्छन्, ‘यो फाउन्डेसनले उसको रिपोर्टमा नेपालको हिमाली र पहाडी क्षेत्रमा छ लाख नेपालीलाई क्रिस्चियन बनाइसकिएको र ती क्रिस्चियनहरु चीन टुक्रा पार्नमा सहयोगी हुनेछन् भन्ने छ । उनीहरुको चाहना भारत टुक्रा पार्ने पनि हो । तर नेपाललाई ककपिटका रुपमा प्रयोग गरेर चीनमा धावा बोल्ने हो ।’

 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि नेपाल जस्ता मुलुकमा के कस्तो प्रभाव पर्छ भन्ने विषयमा सुवेदीसँग गरिएको कुराकानीमा उनले केही नयाँ तथ्य खुलासा गरेका छन् । उनले अमेरिकाले विभिन्न आइएनजिओ मार्फत अरु देशको राजनीतिलाई अस्थिर गर्न पैसा लगानी गर्छ । ट्रम्पले अरु भन्दा पनि पहिले अमेरिकी सरकारले आफ्नै जनताका लागि पहिलो प्राथमिकतामा राख्नु पर्छ भनेका छन् ।

 

बाहिर आवरणमा हेर्दा दुःखी मानिसहरुकालागि सहयोग गरे जस्तो देखिने तर भित्री रुपमा आइएनजिओमार्फत अरु मुलुकको राजनीति अस्थिर पार्ने गरि भइरहेको लगानी ट्रम्पले रोक्न सक्छन् । यदि त्यस्तो भयो भने ट्रम्पको उदयले नेपालझै कैयन देश लाभान्वीत हुन सक्छन् । राजनीतिक अस्थिरता क्रमश घट्दै जान सक्छ ।

 

(राजनीतिक विश्लेषक सुवेदी नेपालआज डटकमका स्तम्भकार हुन् । ‘कुरा खस्रा मिठा’ स्तम्भमा उनलाई पढ्न सकिन्छ ।)

कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष