बरुन धवनसँग तुलना गरेको भन्दै गोविन्दा फायर
माघ २९ । बलिउडका कमेडी अभिनेता गोविन्दाले आफूलाई अहिलेका अभिनेता बरुन धवनसँग तुलना गरेकोमा आपत्ति जनाएका छन् ।
बरुनले फिल्ममा गर्ने प्रायजसो ‘नटि बोय’ को भूमिकाले गर्दा उनलाई बारम्बार अर्का अभिनेता गोबिन्दासँग तुलना गर्न थालिएको थियो । यसबारे गोबिन्दाले यो तुलना झुटो भएको भन्दै मुख खोलेका छन् ।
उनले भने, ‘रणवीर सिंह र बरुन धवन दुबैको सलमान खानको जस्तै ज्यान छ । जिउडाल उस्तै छ भनेर उनीहरले आफूलाई सलमान खान भन्न थाले भने उनीहरलाई कसैले फिल्म दिदैँन । उनीहरु खानको विपरित काम गर्नै सक्दैनन् । फिल्म दुनियाँ यसरी नै चल्छ ।’
आउँदो फिल्म ‘आ गया हिरो’ को प्रचारको क्रममा बोल्दै गोबिन्दाले भने, ‘बरुन कसरी म जस्तो हुन सक्छ ?’ गोबिन्द हुन त बरुन एक सोझो, अनपढ र गाउँको गरीब केटो हुनुपर्ने उनले बताए ।
बरुन आफैँमा एक निर्देशकको छोरो भएको र पछिल्लो छ वर्षसम्म बरुनले उसको बाबुसँग दुईवटा भन्दा बढि फिल्ममा काम नगरेको तर आफूले उनका पिता डेभिड धवानसँग १७ वटा फिल्ममा काम गरिसकेको उनले बताए ।
अहिले उनी आफ्नो आउँदो फिल्म ‘आ गया हिरो’ को प्रचारको क्रममा छन् । फिल्मलाई दीपेन्द्र सेनापतिले निर्देशन गरेका हुन् भने फिल्मका निर्माता गोबिन्दा आफैँ हुन् । फिल्म मार्च ३ मा रिलिज हुने बताइएको छ ।