स्वास्थ्य

२९ वर्षमै मृगौला फेल ! मृगौला दिने दाता छन्, प्रत्यारोपण गर्न पैसा छैन

२९ वर्षमै मृगौला फेल ! मृगौला दिने दाता छन्, प्रत्यारोपण गर्न पैसा छैन
माघ - २९ । भूकम्प गएपछि एक वर्षजति आफू जन्मेको जिल्ला सिन्धुपाल्चोकमा राहत तथा पुनर्निमार्णमा खटिएँ । त्यो बेला विशेष गरी विपन्न वर्गका अपाङ्ग, बालबालिका, एकल महिला र वृद्धवृद्धाको लागि सेवा गरियो । त्यस्तै जर्मनका नागरिकको सहयोगमा ब्लड क्यान्सर एवम ब्रेन टिउम्बर भएका रोगीको उपचारमा सहयोग जुटाइदिन अवसर प्राप्त भएको थियो । अहिले ती बिरामीहरु उपचार पाएर घर फर्किसकेका छन् । यी सबै जसो कुराहरु मैले फेसबुक मार्फत जानकारी गराउने गरेको थिएँ । आज अढाइ वर्ष भइसकेछ मेरो फेसबुक साथी नभएका रमेश अधिकारीले मेरो ठेगना दिएर एक दिन साझ मेसेज बक्समा एक जना नयाँ नामबाट मेसेज आयो । उनले जरुरी कुरा भएको जानकारी दिदै रिप्लाई गर्न भने । मैले पनि के कुरा हो भनेर बुझ्न खोजेँ । रसुवा जिल्लाको साना गाउँ घर भएका सुबाश तमाङ र हाल दुबै मिर्गौला फेल भई उपचारका लागि प्रयासरत् रहेछन् । उनले उपचारको लागि सहयोग गरिदिन अनुरोध गरे । मैले रमेशलाई चिनेको थिइन् । ‘मैले गरेको काम देखेर अनुरोध गर्नुभएको रहेछ । तपाईं लागि पूर्ण रुपमा कोशीस गर्नेछु । के हुन्छ हेर्दैजाँउ चिन्ता नलिनु’ भन्ने जवाफ दिएँ । जब सबैबाट आस गुमाउदै कोई आउँछ । उसको लागि आफन्त बनिदिनु पर्छ । साहारा बनिदिनु पर्छ । सकेको प्रयास गर्नुपर्छ । मैले जानेको बुझेको र गरेको यती हो । यसरी नै गर्दै आएको छु । अहिले तामाङ निरन्तर सम्पर्कमा छन् । मैले केही देश तथा विदेशमा रहेका साथी हरुलाई उनको अवस्थाको बारेमा बताइसकेको छु । मैले गर्न लागेको प्रयास उनीहरुले बुझिसकेका छन् । केही साथीहरुले सहयोग गर्ने बताएका छन् । उनलाई मृगौला प्रत्यारोपण गर्न झन्डै ८–१० लाख लाग्ने भएकोले एक दुई जनाको प्रयासले मात्रै आटे पनि गर्न गाह्रो छ । काठमाडौ तथा विदेशमा रहेका मेरा साथीहरुको समूह बनाएको छु । जसमा ९ जना छन् । हामी निरन्तर उनको सहयोगको लागि छलफल तथा प्रयास गरिरहेकाछौँ । सोचेजस्तो सहयोग अझै जुट्न सकेको छैन । फेसबुकमा भेटेको करिव २० दिनपछि उनीसंग भेट भयो । भक्तपुर मानब अंग प्रत्यारोपण केन्द्रबाट डाइलासिस गरेर फर्किएका थिए । उनी बल्ल २९ वर्ष लाग्दैछन् । उनको ५ वर्षको छोरो पनि छ । तमाङ ३ वर्ष अगाडि काठमाण्डौ घर जादा बस दुर्घटनामा परेका थिए । घाइते भएर उनको उपचार राजाधानीको जनमैत्री अस्पातलमा भयो । त्यही समयमा एक नेट्रोलोजिस्ट डाक्टर अशोकले तिम्रो दुबै मिर्गौला फेल हुन लागेको अवस्थामा छ भनेर जानकारी दिएछन् । पहिलो पटक यो कुरा सुन्दा सुबाशलाई विश्वास नै लागेन रे । उनी एउटा दुर्घटनाको उपचारको लागि गएका अर्कै रोग लागेको सूचना बोकेर फर्किए । ६ महिनापछि उनी फेरि जाँच गर्न डा बर्षा श्रेष्ठसँग गए । डाक्टर श्रेष्ठले पनि सो कुरा दोहो¥याईन । त्यसपछि बल्ल उनी विश्वास्त भए । त्यसपछि साँढे दुई वर्षदेखि डा गोपाल शुभलमार्फत भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रमा निरन्तर डाइलासिस गराइरहेका छन् । डाक्टरले सल्लाह दिए डाइलासिस नै समाधान होइन् । त्यसपछि उनी मिर्गौला प्रत्यारोपण गर्ने प्रयासमा लागे । काठमाडौँबाट गाउँ फर्केर उनले आफ्नो चिनेजानेका सबैलाई एउटा मिर्गौला दिएर बचाइदिन अनुनय बिनय गरे । तर, मिगौला दिँदा कोही तयार भएनन् । बल्लतल्ल सबैले सम्झाइ–बुझाई गरेपछि उनका बुवा छोरालाई मिर्गौला दिन राजी भएछन् । अब मिर्गौला दिन दाता त तयार भयो । तर, प्रत्यारोपन गर्न खर्च धेरै लाग्थ्यो । घरको आर्थिक स्थिती १० लाख जम्मा गर्ने किसिमको छैन । यतिकै समय बितिरहेको थियो २०७२ सालको बिनासकारी भूकम्प गयो । गाउँ भरी उनको समस्याभन्दा सबैलाई आफ्नो–आफ्नो समस्याले उनको समस्यालाई ओझेल पारिदियो । गाउँमा बिस्तारै समय सामान्यीकरण हुदै जाँदा विभिन्न देश तथा विदेशका मान्छेहरु तथा संघ सस्थाहरु आउन थाले । उनले भन्न मिल्ने जति व्यक्ति तथा सस्थालाई आफ्नो अवस्थाको जानकारी दिँदै सहयोग गर्न अनुरोध गरे । एउटा उदेद्श्य लिएर आएका ति व्यक्ति तथा सस्थाले उनको आवाजले छोएन । तैपनि, उनले हरेस खाएनन् । आफ्नो आशाको दियोलाई निभ्न दिएनन् । जोगाइरहे । अन्त्यमा गाउँमा कतैबाट आएका हल्याण्डका एक नागरिकले उनको आवाज ध्यान दिएर सुने । मिर्गौला दाता फेला पारे प्रत्यारोपणको लागि सबै खर्च ब्यहोरिदिने आश्वासन पनि दिए । आफ्नै बुवा तयार भएकोले दाताको पनि समस्या भएन । उनी उत्साहित हुँदै बुवाको शरीर जाचमा जुटे । जाँच खर्च ति विदेशिले ब्यहोरिदिए । खर्चको अभावले लामो समयदेखि प्रत्यारोपण हुन नसकेको सुबाशको मिर्गौला गत पुसमा प्रत्यारोपणमा जुटेका सबै जना पुसमा उनका बुवाले दोस्रो विवाह गरेपछि कुरा फेरियो । सुबासको मिर्गौलाको तयारी सबै तुहियो । ७ वर्ष अगाडि आमा गुमाए पछि सुबाश एक्कासी बस दुर्घटनमा परेर बाचे फेरि दुबै मिर्गौला गुमाए । उपचार खर्च बेहारिदिने मान्छे पाए । तर दाता पाएनन् । पाएको दाताले बोली फेरे । हल्यान्डका ति ब्यक्ति पनि आफ्नो देश फर्के । अहिले उनी पनि सम्पर्कमा छैनन् । यी सबै अवस्थाका बाबजुद पनि उनका डाक्टरहरुले हौसला दिएरहेकाछन् । उनकी श्रीमतीे सानु माया तमाङ पनि अहिले सुबाशलाई आफ्नो मिर्गौला दिएर बाँकी जीवनसँगै बिताउने आशामा छिन् । यी तयारी गरेर सुबासले म सम्पर्कमा आएका रहेछन् । मैले आफ्नो तर्फबाट सतप्रतिशत कोशीस गरिरहेको छु । कतैबाट ठोस् सहयोग प्राप्त भईरहेको छैन । सामान्य जाँच त भएको छ सानुमाया तमाङको । तर, पूरा शरीर चेकजाँच गर्न फेरि निकै नै खर्च जुटाउन पर्ने छ । हामी देश विदेशमा रहेका नेपाली दाजुभाइले मिलेर सुबासलाई बचाउन पर्ने बेला आएको छ । यो सबैको जिम्मेवारि हो, र कर्तब्य पनि हो । दयालु दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहयोग इच्छा हुनेहरुले सुबाश तमाङको श्रीमतीको जनता बैकको खाता नम्बर ०१६१०७०१५०२९७०१ सकेको सहयोग गरिदिन सबैमा बिनम्र अनुरोध गर्दछु ।
उमेश बाबु

प्रत्यारोपण मानव अङ्ग प्रत्यारोपण केन्द्र मृगौला

विशेष