स्वास्थ्य

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव
माघ - २९ । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आज अस्पतालमा तनाव सिर्जना भएको छ। अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो। अहिले सो विषयमा छलफल भइरहेको छ। सम्भावित घटना हुन सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए। प्रहरीका अनुसार गोरखा ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमलालाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पताल ल्याइएको थियो । छिमेकी कमल बस्यालका अनुसार उनको हिजो बिहान शल्याक्रियामार्फत बच्चा निकालिएको थियो । दिउँसोबाट बिरामीको अवस्था गम्भीर बन्दै गएपछि साँझ पुनः शल्यक्रिया गरिएको पीडितपरिवारको भनाइ छ । शुक्रबार राति नै सुत्केरीको मृत्युभएपछि विमलाका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए । अस्पतालका चिकित्सक र नर्सले वेवास्ता गर्दा अत्यधिक रक्तस्राव भई सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ ।

Bharatpur hospital

विशेष