देश

करेन्ट लागेर बृद्धको ज्यान गयाे

करेन्ट लागेर बृद्धको ज्यान गयाे
माघ २९ । नुवाकोटको तादीखोलामा माछा मार्नेक्रममा एकजनाको ज्यान गएको छ । शनिबार दिउँसो गाउँखर्क–७ घर भइ सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो । तामाङको आफैंले माछा मार्न प्रयोग गरेको करेन्ट लागेर ज्यान गएको हो । बालकुमारी–१ घ्याम्लेस्थित तादीखोलामा करेन्ट लगाइ माछा मार्नेक्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Death

विशेष