खेल

उदयपुर गोल्ड कपको तेस्रो दिन मोरङ विजयी

उदयपुर गोल्ड कपको तेस्रो दिन मोरङ विजयी
माघ २९ । थरुहट उदयपुर रंगशाला गाईघाटमा सञ्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको तेस्रो दिनको खेलमा मोरङ ११ ले सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंलाई ट्राईव्रेकरमा १ को विरुद्ध ३ गोलले पराजित गर्दै जीत यात्रा तय गरेको छ । ९० मिनेटको खेलमा कतैबाट पनि गोल हुन नसकेपछि भएको ट्राईब्रेकरमा मोरङका जर्सी नम्बर ६ का नीरज बस्नेत, जर्सी नम्बर १३ का अनोस मगर र जर्सी नम्बर ४ का बुद्धिमान राईले गोल गरेका थिए । सशस्त्र प्रहरी (एपीएफ) का जर्सी नम्बर २४ का भीम श्रेष्ठले मात्र एक गोल गरेका थिए । सशस्त्र प्रहरीकोतर्फले प्रहार गरेको बल एक पटक पोलमा ठोकिएर बाहिरिनु र एक पटकको बललाई मोरङका किपरले राम्रो बचाउ गर्नुले मोरङको जीत भएको थियो । खेलको म्यान अफ द म्याच मोरङका बुद्धिमान राई घोषि भए । उनलाई आयोजकले नगद हजार पुरस्कारसहित पुरस्कृत गर्यो । भोलीको खेल रुपन्देही ११ र रमपम झापा (एफ सी) बीच हुने आयोजकले जनाएको छ ।

उदयपुर गोल्ड कप

विशेष