खेल

प्रधान सेनापति खुला म्याराथनकाे उपाधी राईलार्इ

प्रधान सेनापति खुला म्याराथनकाे उपाधी राईलार्इ
माघ - २९ । ‘प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता’ मा नेपाल प्रहरीका भूमिराज राई प्रथम भएका छन् । शनिबार भएको ४२ दशमलव २० किलोमिटर म्याराथन राईले २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरेका हुन् । २ घण्टा २४ मिनेट १५ सेकेण्डमा दौड पूरा गरी नेपाली सेनाका अमल्दार कृष्ण बस्नेत द्वितीय तथा २ घण्टा २५ मिनेट ५० सेकेण्डमा दौड पूरा गरी अमल्दार राजन खत्री तृतीय भए । उनीहरूले क्रमश ५० हजार, २५ हजार, १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै पुरुषतर्फको २१ किलोमिटर दौडमा नेपाली सेनाका अमल्दार कल्याण बानियाँ प्रथम, सिपाही रामजी बस्नेत द्वितीय र राजकुमार बिष्ट तृतीय भए । त्यसैगरी, सोही विधाको महिलातर्फ नेपाली सेनाका प्युठ विश्वरुपा बुढा प्रथम, सिपाही सानुमाया कार्की द्वितीय र सशस्त्र प्रहरी बलका पुष्पा भण्डारी तृतीय भएका थिए ।

विशेष