बार्साको आलोभेजको पोष्टमा गोलकाे वर्षा, रियलले ओसासुनालाई हरायो

फागुन १ । आलाभेजलाई ६–० गोल अन्तरले हराउँदै बार्सीलोनाले स्पेनिस लिग फुटबलको शिर्ष स्थानमा रहेको रियाल मड्रिडसँगको अंक दुरी घटाएको छ ।
शनिबार राती आलाभेजको मैदानमा भएको खेलमा बार्सालाई फराकिलो अन्तरमा विजयी गराउन लुईस सुवारेजले दुई गोल गरे ।
यसैगरी लियोनल मेस्सी, नेईमार र ईभाँ राकिटिचले एक एक गोल गर्दा आलाभेजकै रुवानो डेल्गाडोले एक आत्माघाति गोल गरेका थिए । स्पेनिस ला लिगा अन्तर्गत राती भएको अर्को खेलमा रियाल मड्रिडले ओसासुनालाई ३–१ ले हरायो । रियाल मड्रिडलाई विजयी गराउन रोनाल्डो, ईस्को र भाज्क्वेजले एक एक गोल गरेका हुन् ।
त्यस्तै राती नै भएको अर्को खेलमा एथ्लेटिक बिल्बाओले डोपोर्टीभो लाकोरुनालाई २–१ ले हराँउदा रियाल बेटिस र भ्यालेन्सीयाले गोलरहित बराबरी खेलेका छन् ।
la liga