मनोरञ्जन

स्वेता अब निर्मात्री र अभिनेत्रीमात्र नभएर समाजसेवी पनि

स्वेता अब निर्मात्री र अभिनेत्रीमात्र नभएर समाजसेवी पनि

फागुन १ । धुर्मुस सुन्तललीले एकिकृत नमुना बस्तीको निर्माण गरेदेखि कलाकारहरुको समाजसेवामा बढ्दो लगाव देखिन्छ । समाजसेवाबाहेक कति कलाकार राजनितीमा पनि सक्रिय भएर लागेका छन् ।

त्यस्तै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी तथा अभिनेत्री स्वेता खड्का पनि यतिबेला समाजसेवामा लागेकी छिन् । खड्काले आफ्ना स्वर्गीय पति श्रीकृष्णको जन्मदिनको अवसर पारेर श्रीकृष्णको गाउँसमेत रहेको सिन्धुपाल्चोकको ठूलो शिरुबारीस्थित झ्याँडी गाउँमा एकिकृत नमुना बस्ती निर्माणमा सहयोग गर्ने भएकी छिन् । शनिबार उक्त गाउँमा श्वेता पुग्दा उनलाई फूलमाला पहिराएर स्वागत गर्नेको घुइचो लागेको थियो ।

उक्त भूकम्प प्रभावित गाउँ निर्माणको नमुना तयार गरि आवश्यक संरचना निर्माणमा श्वेताले सरकारबाट प्राप्त रकमलाई नमुना वस्तीका रुपमा बनाउन सहयोग गर्न लागेकी हुन् । सरकारले भूकम्प पीडितलाई आवास निर्माणका लागि दिएको रकमलाई स्थानीयहरुको एकिकृत बस्ती निर्माण गर्न चाहिने विस्तृत योजनासहित निर्माणमा समेत सहयोग गर्नेछिन् । स्वेतालाई यस काममा उनको इन्जिनियरिङ कन्सल्टेन्सीले आवश्यक प्राविधिक सहयोग गर्नेछ ।

उक्त बस्तीको निर्माण मनसुन सुरु हुनु अघि नै सुरु गरिने बताइएको छ ।

Swata Khadka

विशेष