समाज

सिराहामा गोली चल्यो, माओवादी कार्यकर्ता घाइते

सिराहामा गोली चल्यो, माओवादी कार्यकर्ता घाइते

फागुन १ । सिराहाको मिर्चैयामा अज्ञात समुहले एक माओवादी कार्यकर्तामाथि गोली प्रहार गरेको छ । माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खानलाई गोली लागेको हो ।

सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार वाइसीएल नेता खानलाई अज्ञात समुहले भरुवा बन्दुकबाट गोली हानेको थियो ।

खानको टाउकोमा केही छर्रा लागेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाएका छन् । उनको अहिले मिर्चैयाको मंगलम अस्पतालमा उपचार भइरहेको छ ।

Gun Gun Fire in Siraha

विशेष