खेल
युनाइटेडको अपराजित यात्रा कायमै, वाट्फोर्ड २–० ले पराजित
आइतबार, ०१ फागुन २०७३ गते प्रकाशित

फागुन–१ । म्यानचेस्टर युनाइटेडले पछिल्लो समय इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
१६ खेलमा अपराजित रहेको युनाइटेडले लिगअन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्टलाई २–० ले हराउँदै लगातार दुई खेलमा जित निकालेको छ । युनाइटेडको जितको लागि आन माटा र एन्थोनी मार्शलले गोल गरे ।
खेलको ३२ औँ मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि ६० औँ मिनेटमा मार्शलले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए । यसअघिको खेलमा लगातार तीन खेलमा बराबरी गरेपछि युनाइटेडले साबिक विजेता लेस्टर सिटीलाई ३–० ले हराएको थियो ।
छैठौं स्थानमा रहेको युनाइटेड चौथो र पाँचौं स्थानमा रहेको लिभरपुल र म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्रै पछि परेको छ । युनाइटेडको २५ खेलबाट ४८ अंक भएको छ ।
अपराजित
इंग्लिस प्रिमियर लिग
म्यानचेस्टर युनाइटेड