२५ वर्षपछि सेल्फी खिच्न जुरेको संयोग

फागुन १ । अहिलेको जमानामा हुन्थ्यो भने साथीहरु भेट्न नपाई सेल्फी हानिहाल्छन् । तर, बलिउडका दुई चर्चित अभिनेता आमीर खान र शाहरुख खानले आफूहरु भेटेको २५ वर्षपछि खिचेको तस्विरले अहिले मिडियामा तहल्का मच्चाएको छ ।
केही समययता शाहरुख र आमीरबीच सम्बनध चिसिएको भन्ने समाचार पनि भारतीय मिडियामा छाइरहन्थे । तर यो फोटोले दर्शकमाझ आमीर र शाहरुखबचिको सम्बनधमा केही सुधार आएको भन्ने छाप पारेको छ ।
शाहरुख खानले सामाजिक सञ्जाल इन्स्टाग्राममा आमीरसँगको फोटो राख्दै ‘हामी २५ वर्षदेखि एकअर्कालाई चिन्छौँ तर यो हामी दुईको पहिलो सेल्फी हो’ भनेपछि फोटो भाइरल भएको हो ।
शुक्रबार राती दुबईमा सिनेमा हल चेन पिभिआरका संस्थापक तथा व्यापारी अजु बिजलीको जन्मदिनको पार्टीमा यी दुईले उक्त सेल्फी खिचेका हुन् ।
Aamir Khan
salman khan
