खेल

लासिथ मालिङ्गाको टोलीमा पुनारगमन

लासिथ मालिङ्गाको टोलीमा पुनारगमन
फागुन–१ । श्रीलंकाका चर्चित बलर लासिथ मालिङ्गा एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । श्रीलंकाले मालिङ्गालाई यसै महिनादेखि हुने अस्ट्रेलियाविरुद्धको टि–२० श्रृँखलाका लागि टोलीमा स्थानमा दिएको हो । सन् २०१० मा टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका मालिङ्गा घुँडाको चोटका कारण गत फेब्रुअरीदेखि टोलिमा उपस्थित थिएनन् । उनको टिममा फिर्ता भएको श्रीलंकाली क्रिकेट संघका अध्यक्ष थिलङ्गा सुमाथिपालाले पुष्टि गरेका हुन् । साथै उनको आगमनले २०१९ विश्वकप अभियानमा श्रीलंकालाई सहयोग पुग्ने आशा पनि व्यक्त गरे । श्रीलंकाले फेब्रुअरी १४ मा मेलबर्न, १९ मा गिलोङ र २२ मा एडिलेटमा अस्टे«लियासँग टी–२० श्रृँखलाको खेल खेल्दैछ ।

लासिथ मालिङ्गा श्रीलंका

विशेष