पशुपति पेन्ट्सद्वारा १५० थान लाइफ ज्याकेट हस्तान्तरण


फागुन–१ । पशुपति पेन्ट्स प्रालिले बेगनास ताल डुङ्गा व्यवसाय समितीलाई १ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समितीलाई सो ज्याकेट उपलब्ध गराएको हो । कम्पनीले २०७३ माघ २८ गतेका दिन बेगनास ताल डुङ्गा व्यवसाय समितीलाई एक विशेष समारोह बीच लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको जानकारी दिएको छ । विगत लामो समयदेखि पशुपति पेन्ट्सले समय समयमा विभिन्न समयमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलापहरु गर्ने गरेको छ । यही कर्पोरेट सामाजिक उत्तरदायित्वको क्रममा कम्पनीले १ सय ५० थान लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । पशुपति पेन्ट्स लाइफ ज्याकेट हस्तान्तरण