दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई, पाकिस्तान ९ विकेटले पराजित
फागुन–१ । भारतले दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको उपाधि जितेको छ । भारतले फाइनलमा पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो । भारतले यो उपाधि दोस्रो पटक जितेको हो । यसअघि सन् २०१२ मा पनि फाइनलमा पाकिस्तानलाई नै २९ रनले हराएर उपाधि जितेको थियो ।
आइतबार भएको फाइनलमा पाकिस्तानले पहिलो ब्याटिङ गर्दै भारतलाई १९८ रनको लक्ष्य दिएको थियो जुन भारतले एक विकेटको क्षतिमा भेटायो । निर्धारित २० ओभरमा पाकिस्तानले ८ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । पाकिस्तानको लागि बदर मुनीरले ५७ र मुहम्मद जमीलले २४ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
जवाफि ब्याटिङमा उत्रेको भारतको लागि १० ओभरमै कप्तान अजय कुमार र प्रकाश जयरमैथ्याले १०० रनसम्म टोलीलाई पुर्याइसकेका थिए । अजयको ४३ रनमा विकेट झरेपछि केतन पटेलले २६ रन जोडे ।
पटेल घाइते भएर पेबिलियन फर्केपछि प्रकाशलाई साथ दिन दुन्ना वेंकदेश ब्याटिङमा आए । दुन्नाले ११ र प्रकाशले ९९ रन बनाएपछि लक्ष्य भेटाउँदै भारत वल्र्डकपको विजेता भयो ।
उपाधि
दृष्टिविहीन विश्वकप क्रिकेट
भारत