समाज

दश रुपैयाँको लोभमा बाकसमा थुनिएर बालकको मृत्यु

दश रुपैयाँको लोभमा बाकसमा थुनिएर बालकको मृत्यु
फागुन–१ । दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चकुले गाविस-८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेश डाँगी रहेको इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदले बताए । शनिबार बेलुकीदेखि हराइरहेका बालक आर्इतबार बाकसमा मृत अवस्थामा फेला परेका थिए । बालककी हजुरआमाले चिसो भएर बर्की (सल) झिक्न बाकस खोल्ने क्रममा उनी मृत अवस्थामा भेटिएका हुन् । बाकसभित्र पसेर पैसा खोज्ने क्रममा एक्कासी ढक्कन लागेर कुण्डीमा अड्किएपछि निसास्सिएर बालकको मृत्यु भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । बालकको हातमा १० भएकाले बालक घरको एक तलामाथि बाकस राखेको ठाउँमा पैसा खोज्न गएको हुनसक्ने प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ ।

दाङ बाकस बालक

विशेष