समाज

झगडा मिलाउन गएको प्रहरीले गोली चलायो, एक जना घाइते

झगडा मिलाउन गएको प्रहरीले गोली चलायो, एक जना घाइते

फागुन २ । दई पक्षबीच भएको झगडा मिलाउन गएको प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् ।

आइतबार राति प्रहरीको गोली लागेर पथरैयास्थित भकरैयाका विरेन्द्र जैशी प्रहरीले चलाएको गोली लागि घाईते भएका छन् । घाइते जैशीलाई टीकापुरमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ । जैशीको पेटमा गोली लागेको बताइएको छ ।

केही दिनअघि प्रहरीले नियन्त्रणमा लिएको चोरीको मोटरसाईकलका विषयमा दुई समूहबीच झगडा भएको थियो । मोटरसाइकलबारे प्रहरीलाई खबर गरेको भन्दै एक समूहले अर्को समूहमाथि आक्रमण गरेपछि झगडा उग्र बनेको थियो । उनीहरुले झगडा मिलाउन पुुगेका प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

Police Fire in Bardiya

विशेष