समाज

नवराज सिलवालले नै पाउने भए प्रहरी प्रमुखको जिम्मेवारी

नवराज सिलवालले नै पाउने भए प्रहरी प्रमुखको जिम्मेवारी

फागुन २ । नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले आज अवकाश पाउँदैछन् । अवकाश पाएसँगै यनले डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी सुम्पने भएका छन् ।

आज अपराह्न प्रहरी प्रधान कार्यालयमा अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने गृह स्रोतले जनाएको छ ।सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् । सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।

यसअघि आइतबारको मन्त्रिपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

Nabaraj Silwal

विशेष