खेल

उदयपुर गोल्डकप फुटबलमा सेमिफाइनलका खेल आजबाट

उदयपुर गोल्डकप फुटबलमा सेमिफाइनलका खेल आजबाट

फागुन २ । चौथो संस्करणको रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगितामा आज सेमिफाईनलका खेल सुरु हुँदैछ ।

पहिलो सेमिफाईनलमा संकटा क्लब र मोरङ ११ बीच प्रतिस्पर्धा हुनेछ । खेल उदयपुरको थरुहट रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ । संकटाले धरान फुटबल क्लब र मोरङ ११ ले विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेका थिए ।

आजको खेलको विजेताले उपाधिका लागि हिमालयन शेर्पा क्लब र रुपन्देही ११ बीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।

Udayapur Gold Cup

विशेष