सोलिडारिटी कप जितेको टोली सम्मानित हुँदै
फागुन–२ । एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको नेपाली टोलीका खेलाडीलाई सरकारले सोमबार नगदसहित सम्मान गर्दैछ ।
उपाधि जिते लगत्तै जनही तीन लाख नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको साढे ३ महिनापछि बल्ल खेलाडी र प्रशिक्षकलाई सरकारले सम्मान गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाइली लगायतले खेलाडी र प्रशिक्षकलाई बालुवाटारमा दिउँसो २ बजे सम्मान गर्ने कार्यक्रम रहेको छ ।
नेपालले कात्तिक ३० गते एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई हराउँदै उपाधि जितेको थियो । साथै उपाधि पछि नेपालले यूएईमा हुने एएफसी कप २०१९ मा पनि आफ्नो स्थान सुरक्षित राख्न सफल भएको छ ।
एएफसी सोलिडारिटी कप