समाज

सुकेका काठ बिक्रीवितरणमा रोक लगाएपछि खेर जाने सम्भावना

सुकेका काठ बिक्रीवितरणमा रोक लगाएपछि खेर जाने सम्भावना
जाजरकोटको जिल्ला वन कार्यालयले सुकेका सल्लीका रुख काट्न रोक लगाएपछि काठ खेर जाने सम्भावना बढेको छ । विभिन्न खोटो कम्पनीहरुले जथाभावी खोटो निकालेपछि सल्लीका रुख सुकेका थिए । सुकेका रुखहरु विभिन्न वन समूहले कुहिन र जल्नबाट जोगाउन सुकेको काठ बिक्री गर्ने तयारी गरेका बेला जिल्ला वन कार्यालयले बिक्री वितरणमा रोक लगाएको हो । वन कार्यालयले सुकेका काठ बिक्री वितरणमा रोक लगाएसँगै यहाँका वन समूहहरु काठ खेर जाने हो कि भनेर चिन्तित भएको बताएका छन् । जिल्लाका सिमा, जुगाथापाचौर, कार्कीगाउँलगायतका आधा दर्जन गाविसमा सुकेका सल्लीका काठ काट्न वन कार्यालयले प्रतिबन्ध लगाएको हो । सुकेका काठ लिनका लागि विभिन्न काष्ठ उद्योगले वन समूहसँग सम्झौता गर्न तयार भएका बेला काठ बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि समस्या भएको छ । सुकेर ढलेका, काठ सदुपयोग नगर्ने हो भने कुहिएर खेर जाने भन्दै वन समूह चिन्तित भएका छन् । रासस

काठ जाजरकोट बिक्रीवितरण

विशेष