कभर स्टोरी सफलताको कथा

हङकङ बजारबाट घडी व्यापार सुरु गरेका दीपक मल्होत्रा कसरी बने सफल उद्यमी ?

सरकार स्थिर बने हामी लगानी गर्न तयार छौँ – उद्यमी दीपक मल्होत्रा

हङकङ बजारबाट घडी व्यापार सुरु गरेका दीपक मल्होत्रा कसरी बने सफल उद्यमी ?

अन्य देशहरुले सूचना प्रविधीमा छलाङ मारिसक्दा नेपालमा मोबाइल फोनको सुरुवात भएको थिएन । सन् १९९८ बाट नेपालमा मोबाइल फोन सुरुवात भयो । त्यसको २ वर्ष अगाडी नै नेपालमा मोबाइल भित्रिसकेको थियो । नेपालमा मोबाइल भित्राउने व्यक्ति थिए अहिलेका नामी व्यापारी दीपक मल्होत्रा । उनलाई चिन्नेहरु सामसुङ मोबाइलबाट चिन्छन् । किनकि, उनले नै नेपालमा सामसुङ मोबाइलाई ब्रान्ड बनाए । त्यसपछि उनको परिचय एकपछि अर्को गर्दै थपिदै गयो । मल्होत्रा काठमाडौाको खिचापोखरीमा जन्मिएका हुन् । खिचापोखरीमै हुर्किए । सम्पन्न परिवारमा हुर्किएकाले उनको बालापन रमाइलोमै बित्यो । बाउबाजे व्यापारी भएकाले उनलाई कुनै पनि कुराको कमी थिएन । नेपाल आर्दश माध्यमिक विद्यालय गणबहालमा उनले स्कुले जीवन सिध्याए । पव्लिक युथ क्याम्पसमा प्लस टु सकाए । शंकरदेव क्याम्पसमा स्नातक पढ्दै गर्दा २०३७ सालदेखि नै उनले आफ्नै व्यापार–व्यासाय सुरु गरे । उनले बुवा बाजेको व्यापारलाई निरन्तरता दिएनन् । किनकि आफैँ केही गर्नुपर्छ भन्ने ज्ञान र आत्मविश्वास उनमा आइसकेको थियो । उनको बुवा होटेल व्यावसायी थिए । बुवाको सोल्टी होटेलभन्दा पुरानो मानसरोवर होटेल थियो । होटल मानसरोवर त्यतीबेला अत्यन्तै चर्चित थियो । काठमाडौँमा थोरै होटेल भएकाले मानसरोवर होटेल सधैँजसो विदेशी पर्यटकहरु भरिभराउ हुन्थे ।

भारतमा भन्दा पहिले नेपालमा कम्पुटर बनाउने बैज्ञानिक, सिंहदरबारले चिन्न नसकेको प्रतिभा

व्यापारी जीवनको सुरुवात


उनले व्यापारको सुरुवात हङकङबाट सामानहरु आयात गरेर गरे । त्यसबेला नेपालमा हङकङ व्यापार अत्यन्तै फस्टाएको थियो । त्यतिबेला उनले घडी मोटरपार्टसको आयात गरेर व्यापार सुरु गरे । सामान आयात गर्न त्यतिबेला अत्यन्तै गाह्रो थियो । हङकङबाट फर्कने मानिसहरुको पार्सपोर्ट कलेक्सन गरेर अनुमती लिएर मात्रै व्यापार गर्न पाइन्थ्यो । पछि गएर उनले कम्पयुटर पार्टस र ईलेक्ट्रोनिक्स सामान आयात गर्नथाले । नेपालमा सन् १९९८ बाट मोबाइल सेवा सुरु भएको थियो । त्योभन्दा दुई वर्ष पहिलानैसन् १९९६मा नै उनले नेपालमा मोबाइल फोन भित्र्याएका थिए । भारतबाट आएका व्यापारीहरुले नेपालमा आएर मोबाईल खरिद गर्ने भएकाले नेपालमा मोबाईल फोन सुरु हुनु पहिले नै व्यापार सुरु भइसकेको थियो । यसको एउटै कारण थियो भारतमा भन्दा नेपालमा मोबाईल सस्तो पाइनु । उनले १९९३ मा आफ्नै कम्पनी आइएमएस दर्ता गरेका थिए । त्यस कम्पनी मार्फत नै उनले व्यापार व्यावसाय अघि बढाए । उनले सुरुवाती समयमा एरिक्सन, मोटारोला, पानासोनिक, नोकिया जस्ता मोबाईलहरुको व्यापार गरे । ती ब्रान्डहरु छाडेर नेपालमा सामसुङ स्र्माटफोन भित्राए ।


आइएमएसको सफलता


कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स संसारकै चर्चित ब्रान्ड हो । नेपाली बजारमा सामसुङका टिभी, फ्रिज लगायतका विभिन्न इलेक्ट्रोनिक्स सामानहरु उपभोक्ताको रोजाइमा पर्ने गरेपनि मोबाइल भित्रिन भने लामो समय लाग्यो । सन् २००१ बाट सामसुङ कम्पनीले मल्होत्राको आइएमएस कम्पनीलाई सामसुङको आधिकारिक विक्रेता नियुक्त ग¥यो । त्यसपछि आइएमएस कम्पनीले सामसुङको मोबाईल बेच्न थाल्यो । नेपालमा आधिकारिक रुपमा मोबाईल भित्राउने र लाइसेन्स पाउने उनी नै पहिलो नेपाली हुन् ।

त्यतिबेलासम्म धेरैजसो नेपाली उपभोक्ताहरुलाई सामसुङले मोबाइल बेच्छ भन्नेसमेत थाहा थिएन । नेपाली बजारमा नोकियाको अधिपत्य थियो । यस्तो परिस्थितीबीच धेरै ब्रान्डका मोबाइल बेचिरहेका आइएमएसका अध्यक्ष मल्होत्राले अठोट गरे – ‘अब सामसुङ ब्रान्डको मोबाइल मात्रै बेच्ने ।’ तर, सुरुवाती दिनहरु निकै कठीन थिए । सामसुङ मात्रै बेच्दा सोचेजस्तो व्यापार भएन । तर, पनि उनले हार मानेनन् । निरन्तर सामसुङकै व्यापार विस्तारमा लागिपरे । सुरुमा उनले आफ्ना नजिकका साथीहरुलाई मोबाइलको शोरुम राख्न आग्रह गरे । उनलाई सामसुङ मोबाईलको शोरुम राख्न निकै गाह्रो भयो । आफ्नै साथीहरुले सामसुङको शोरुम राखन मानेन् । पछि ग्राहकको आकर्षण सामसुङ तिर खिचिन थाल्यो । त्यसपछिका वर्षहरुमा नेपालको मोबाईल बजारमा मल्होत्राले एकछत्र राज गरे । ‘सामसुङको २ हजारदेखि लाखसम्म पर्ने सेट भएकाले हामीले सबैलाई समेट्न सक्यौँ । मोबाईल राम्रो गुणस्तर भएकाले ग्राहकहरुको रोजाईमा पर्न थाल्यो । सबै ग्राहकहरुले अन्य मोबाईलभन्दा सामसुङको गुणस्तरियतामा विश्वास गरे ।’ उनी थप्छन् – ‘अहिले विश्वको सबै देशभन्दा नेपालमा सामसुङको मार्केट राम्रो छ । अरु देशभन्दा हामी अगाडी छौँ । सामसुङ मोबाइल नराखेको शोरुममा अहिले हत्तपत्त ग्राहकहरु छिर्दैछन । ’ २००७ पछि मोबाइलमा प्रतिस्पर्धा व्यापक भयो । त्यसपछि आइएमएस कम्पनीले व्यापारको रणनीति बदलदियो । ग्राहक तथा बिक्रेतालाइ ध्यानमा राख्दै बजार रणनीति अगाडी ल्यायो । उनी भन्छन् ‘मोवाईल व्यापार वषेर्नी दोब्बर विक्रि हुँदै गएको छ । मोबाईलले अन्य ग्याजेटलाई विस्थापित गर्दै गएको छ । त्यसैले यसको भविष्य अझ धेरै छ ।’ मल्होत्राका अनुसार सन् २०११ देखि सामसुङ नेपाली बजारमा नम्बर वान ब्रान्ड बनेको छ । नेपालमा सामसुङ मोबाईल भित्र्याएको १० वर्षपछि यसलाई नम्बर वान ब्रान्ड बनाउन उनले सफल मेहिनत र ब्रान्डप्रतिको लगावकै कारण सफलता मिलेको बताउँछन् । उनी भन्छन् – ‘राम्रो क्वालिटी भएको सामानले विश्वसनियता आफैँ जित्छ ।

यो ब्रान्ड राम्रो छ भन्ने मलाई थाहा थियो । त्यसैले सुरुवातदेखि नै म यसलाई स्थापित गर्न एकोहोरो भएर लागेँ । कैयन असफलका बाबजुद ब्रान्डप्रतिको मेरो लगाव र समपर्ण कायमै रह्यो । मेरो सट्टामा अरु कोही भएको भए हरेस खान्थ्यो होला । तर, मलाई थाहा थियो यो ब्रान्ड एकदिन नम्बर वान हुन्छ भन्ने ।’ मल्होत्राका अनुसार नेपालमा वर्षमा सरदर ८० लाख मोबाइल सेट आयात हुन्छ । मूल्यको हिसाबले वर्षमा करिब २५ देखि ३० अर्बको मोबाइल नेपालमा भित्रिन्छ । कुल व्यापारको ५० प्रतिशत मूल्य बराबर र संख्याको हिसाबले २० प्रतिशत हिस्सा आइएमएसको छ । उनी भन्छन ‘हामी महंगो फोन मात्र बेच्ने भएकाले सङख्यामा कम भएपनि मूल्यको हिसाबले अरु सबै कम्पनीहरुको हिस्सा बराबर हाम्रो हिस्सा छ । हाम्रो जति मोबाइल अरु कुनै कम्पनीको बिक्रि हुदैन ।’


मोबाईल व्यापारमा उनी सफल हुनुको प्रमुख कारण लगनशिलता, मार्केटिङ, ग्राहकहरुलाई फाइदा र सामसुङ मोबाइलको गुणस्तरता भएको बताउछन । उनी भन्छन ‘हाम्रो शोरुमहरु नेपालको विभिन्न ठाउमा छ । पव्लिक रिलेशन धेरै राम्रो छ । सबैवर्गका ग्राहकहरुले बोक्ने गुणस्तरिय सेट छ । मर्मत केन्द्र देशको विभिन्न ठाउमा छन । त्यसैले सामसुङको प्रभाव राम्रो छ ।’ मल्होत्राको अन्य व्यावसाय


कालिकास्थानमा मल्होत्राले सिल्भर सिटी अपार्टमेन्ट सञ्चालन गरेका थिए । त्यसमा उनी सफल हुन सकेनन । भूकम्प जानुभन्दा अगाडिने बेचेको हुँनाले अपार्टमेन्टबाट घाटा धेरै भएन । उनले त्रिभुवन विमानस्थलमा ५० रोपनी जग्गा भाडामा लिएर अराईभल पार्किङ बनाउदै छन् । उनले टेण्डर तथा रियलस्टेटको व्यावसाय पनि गरिरहेका छन् । उनले कालिकास्थानमा चाँडै नै नयाँ होटेल खोल्दै छन । कन्सलटेन्सी र अन्य धेरै व्यवसायमा सफल भइरहेका मल्होत्रा चाँडै नै हाईड्रोपावर व्यवसायमा हात हाल्ने बताउँछन् । जलविद्युतको क्षेत्रमा फड्को मार्नसक्ने संभावना रहेपनि सरकार अस्थिर भएकै कारण नेपालीहरुले समस्या व्यहोर्नुपरेको उनको भनाई छ । ‘कुनै चीज उत्पादन गर्नुपर्दा डबल, तेब्बर खर्च लागिरहेको छ । अनि कसरी फस्टाउँछ स्वदेशी उद्योगधन्दा ? उद्योगधन्दा फस्टाउनको लागि स्थिर सरकार चाहिन्छ । सरकारले प्राथमिकतामा राख्यो भने हामी पनि लगानी गर्न तयार छौँ ।’

पुस्तकालयको बिजोगः पाठक, व्यवस्थापक, जिम्मेवार निकाय कसैलाई नै मतलव छैन

मोबाइलबाट मोटरमा


कोरियालीहरुले जसरी सामसुङलाई विश्वबजारमा स्थापित गर्नका लागि कैयन असफलाहरु झेल्दै मेहनत र समपर्ण जारी राखे, नेपालमा आइएमएस गु्रपले यो मोबाइललाई स्थापित गर्न त्यस्तै शैलीमा अथक मेहनत र समपर्ण जारी राख्यो । १५ वर्षदेखि सामसुङ मोबाइललाई नेपालमा स्थापित गर्न पूरै लगाव र समपर्णका साथ परिश्रम गरेका मल्होत्राकै कम्पनीले अहिले कोरियाली कम्पनीको साङयोङ मोटर्स बेच्न थालेको छ । सामसुङ मोबाईललाई नेपालमा नम्बर वान बनाएका मल्होत्रा अहिले कोरियाली ब्रान्डै साङयोङ मोटर्स लिएर आएका छन् । उनी आत्मविश्वासी हुदै भन्छन ‘आईएमएस कम्पनीले विगतमा कमाएको विश्वसनियता र बडो मेहिनतका साथ १५ वर्षभन्दा लामो समयमा तयार पारेको व्यापारिक नेटवर्क यस कामका लागि पनि फलदायि सिद्ध हुनेछ ।’ अन्य ब्रान्डको दबदबा चिर्दै सामसुङलाई नम्बर वान बनाउने मल्होत्रा गाडीको व्यापारमा पनि यस्तै सफलताको सपना बोकेर आएका छन् ।

उनको सपना छ मोटर व्यावसायमा पनि नम्बर वान बन्ने । उनका अनुसार सामसुङजस्तै साङयोग उनको ब्रान्ड हुनेछ । उनी भन्छन ‘सपना ठूलै देख्नुपर्छ । ’ उनका अनुसार सानैदेखि मोटर्सको व्यापार गर्ने सौख थियो । उनले मोबाइलको व्यापार सुरु गर्नुअघि मोटर पार्टसको व्यापार पनि गरेका थिए । तर, पछि मोबाइलकै व्यापारमा व्यस्त हुँदा शौखको पाटो मनभित्रै खुम्चिएर बस्यो । मल्होत्रासंग अहिले नेपालभर ३२–३३ वटा वितरण केन्द्र छ । पहिलो वर्ष १ सयदेखि १ सय ५० वटासम्म मात्रै गाडी बेच्ने लक्ष्य लिएको मल्होत्रा बताउँछन । आइएमएस कम्पनीले जितेको विश्वासका कारण यो गाडीले दुई वर्षभित्र बजार लिने उनले अनुमान गरेका छन् । दोस्रो वर्ष ५ सयदेखि ६ सयको संख्यामा गाडी बेच्ने उनको योजना छ । गाडीका फिचर्स र स्पेयर्स पार्टस्को सहज उपलब्धतासँगै सर्भिस सेन्टरहरुको सहजताले गाडी बिक्रीमा प्रमुख भूमिका खेल्ने मल्होत्रा बताउँछन् । नेपालमा गाडी भित्र्याउन लाग्ने कर निकै महगोँ हुने भएका कारण कम्पनीले कम मार्जिन राखेर गाडी बिक्री गर्न लागेको उनी बताउँछन् । अहिले कम्पनीले ४ वटा मोडलका गाडीहरु ल्याएको छ । जसअन्तर्गत टिभोली कारको मूल्य ५३ लाख ७५ हजार, कोरान्डो कार ७५ लाख २५ हजार, रेक्सटन ९९ लाख ७५ हजार र एक्टयोन स्पोर्टस्को मुल्य ५५ लाख रहेको छ । मल्होत्रालाई सामसुङ मोबाइलको व्यापार गर्दाका सुरुवाती दिनमा भित्रभित्रै डर लागेको थियो । उनलाई लाग्थ्यो– ‘एउटा नेपालीले ५० हजारको मोबाइल कसरी किन्छ ?’ तर, अनुमान गलत भयो । सामसुङ ब्रान्डको ९० हजारदेखि १ लाखसम्म पर्ने मोबाइलहरु धमाधम बिक्री भए । कार पनि विस्तारै विक्रि हुन्छ । उनलाई राम्रोसंग थाहा छ नेपालमा कारको शौखिनहरु धेरै छन् ।

 ‘हिमालयन हिरो’ विनोद शाहीको संर्घषदेखि आत्महत्याको प्रयाससम्म

राजनीतिले देश विकास भएन


व्यापार साथसाथै मल्होत्राले नेपालको समसामयिक स्थितिलाई नजिकबाट नियालिरहेका छन् । छोटो समयमा धेरै सरकार परिवर्तन हुँदा देश विकास हुन् नसकेको उनको ठहर छ । राजनीतिले देश विकाश हुन नसकेको उनको ठहर छ । युवाजनशक्ति पलायन हुने नेपालको अर्को दुग्र्भाय रहेको उनी बताउँछन् । ‘संक्रमणकाल र बेरोजगारीका कारण थुप्रै युवाहरु विदेशिएका छन् । भोली जब देश विकासको चरणमा जान्छ, जब आर्थिक समृद्धिका कुरा आउँछन् । त्यतिबेला हामीलाई युवा जनशक्तीको अभाव महसूस हुनेछ । त्यसैले समयमै दक्ष जनशक्तीलाई रोजगारी दिएर देशमा राख्नु आवश्यक छ ।

आत्मविश्वास


लामो समय व्यापारमा बिताएका कारण देशका विविध समस्याहरुसँग जुधेर पनि सफलता हासिल गरेरै छाड्ने अठोट राखेको मल्होत्रा बताउँछन् । उनी आत्मविश्वासी हुँदै भन्छन् –‘उपभोक्ताहरु आजकाल ब्रान्डमा निकै सचेत छन् । जसरी मेरो कम्पनीलाई विश्वास गर्दै आउनुभएको छ । सामसुङलाई विश्वास गर्दै आउनुभएको छ । त्यसरी नै साङयोङ मोटरलाई पनि विश्वास गर्नुहुनेछ ।’ मल्होत्रा व्यापार व्यावसायबाट सन्तुष्ट रहेको बताउछन् । उनी भन्छन् – ‘नैतिकतामा आधारित रहेर व्यापार गरेका कारणले आजसम्म नराम्रो सुन्नु परेको छैन । जीवनमा सबै काममा सफल हुँदै जाने हो भने कहाँबाट कहाँ पुगिन्छ, मेहनत धैर्य, लगनशिलताको कारणले यहाँसम्म आएको छु । सफल र असफल अरुले मुल्यांकन गर्ने कुरा हो ।’


प्रस्तुतिः सागर बुढाथाेकी  

Deepak Malahotra

विशेष