मनोरञ्जन

८० करोड कमाउने दोस्रो फिल्म बन्यो जोली एलएलवी –२

८० करोड कमाउने दोस्रो फिल्म बन्यो जोली एलएलवी –२
बलिउड अभिनेता अक्षय कुमारले अभिनय गरेका फिल्म जोली एलएवी – २ ले तीन दिनमै ८० करोड कमाउन सफल भएको छ । फिल्म रिलिज भएको पहिलो दिनमै २२ करोड कमाएको थियो । दोस्रो २९ करोड कमाइ भएको भारतीय संचार माध्यमले जनाएका छन् । जोली एलएवी – २ ले योसंगै तेस्रोे दिनको कमाइ जम्मा गरेर कुल ८० करोड कमाएको हो । यो कमाई संगै तीन दिनमा ८० करोड कमाउने दोस्रो फिल्मको सूचीमा पर्न सफल भएको छ । यसअघि रिलिज भएको शाहरुखको रइस फिल्मले तीन दिनमा ८९ करोड कमाएको थियो । जोली एलएलवीको पहिलो सिरिजको फिल्मले रिलिज अवधिभर जम्मा ४८ करोडमात्र कमाएको थियो । त्यसको तुलनामा जोली एलएलवी – २ ले तीन दिनमा त्यसको दोब्बर रकम कमाउन सफल भएको छ ।

Jolly LLB-2

विशेष