संकटालाई हराउँदै मोरङ ११ उदयपुर गोल्डकपको फाइनलमा
फागुन–२ । गाइघाटको थरुहट रंगशालामा जारी उदयपुर गोल्डकप फुटबलको फाइनलमा मोरङ ११ पुगेको छ । मोरङ ११ ले ए डिभिजनको संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
खेलको ६९ औं मिनेटमा भुवन बस्नेतले मोरङका लागि सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि ७३ औं मिनेटमा मिक्चन तामाङले गोल गर्दै मोरङको अग्रता दोब्बर बनायो । संकटाको लागि सजिन थापाले ८३ औं मिनेटमा एक गोल मात्र फर्काउन सफल रह्यो ।
मोरङका भुवन बस्नेत ‘म्यान अफ दि म्याच’ घोषित भए । सेमिफाइनलको दोस्रो खेलमा मंगलबार रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबीच हुनेछ ।
उदयपुर गोल्डकप
फाइनल
मोरङ ११