समाज

पूर्व राजा ज्ञानेन्द्र शाह सिमरा जाँदै

पूर्व राजा ज्ञानेन्द्र शाह सिमरा जाँदै
फागुन ३ । पूर्वराजा ज्ञानेन्द्र शाह केही हप्ताको लागि सिमरा जाने भएका छन् । पत्नी कोमलको चितवनको कसरामा आयोजना हुने जन्मोत्सव समारोहमा सरिक हुन उनी सिमरा हुँदै चितवन जान लागेका हुन् । फागुन ५ गते बिहान ज्ञानेन्द्र र कोमल हवाइमार्ग हुँदै सिमरा जाने कार्यक्रम छ । उनले चितवन जाँदा सडक मार्ग प्रयोग गर्ने भएका छन् । फागुन ६ गते हिमानी, छोरा हृदयेन्द्र छोरीहरु पूर्णिमा र किर्तिका, धिरेन्द्रका तीन छोरी, अन्य आफन्तसहित दुई दर्जन पूर्वराजाका सदस्य चितवन जाने तय भएको निर्मल निवास स्रोतले बताएको छ । आमाको जन्मोत्सव मनाउन पारस शाह भने चितवन जाने वा नजाने भन्ने विषयमा कुनै निर्णय भएको छैन । सुनाकोठीमा एक्लै बस्दै आएका पारस अधिकांश पारिवारिक जमघटमा सहभागी हुने गरेका छैनन् । प्रजातन्त्र दिवसको दिन, फागुन ७ गते कोमलको जन्मोत्सव मनाएपछि ज्ञानेन्द्र र कोमल पुन सिमरा फर्कने कार्यक्रम छ भने अन्य सदस्य काठमाडौं आउनेछन् । नेपाल समाचारपत्र

Gyandra Shah

विशेष