समाज स्वास्थ्य

सांसद रीता शाहीले बचाइन् गर्भवती महिलाको ज्यान

सांसद रीता शाहीले बचाइन् गर्भवती महिलाको ज्यान

फागुन ३ । मुगुकी सांसद रीता शाहीले मृत्युको मुखमा पुगेकी एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाएकी छन् ।

सुत्केरी हुन नसकेर छटपटाई रहेकी हुम्ला श्रीमष्ट १ की ३० वर्षीया बाटल्ली शाहीलाई सांसद शाही हेलिकोप्टरमार्फत काठमाडौं पु्यार्एर ज्यान बचाएकी हुन् । बाटुल्लीको पेटमा बच्चा उल्टो अवस्थामा थियो ।

उनी तीन दिनदेखि घरमै बेहोस थिइन् । परिवारले सभासदलाई ज्यान बचाइदिन आग्रह गरेपछि शाहिले शुक्रबार हेलिकोप्टरमाफत उद्धार गरेकी हुन् । उल्टो बच्चा निकाल्न नसक्दा बिहिबार राती सांसदलाई फोन गरेको बिरामीका ससुरा महेन्द्र शाहीले बताए ।

हुम्ला, सिमिकोटदेखि श्रीमष्ट गाविसमा पुग्न करिब तीन दिन लाग्ने भएकाले बाटुल्लीलाई बोकेर सिमिकोट पु¥याउन कठिनाई भएपछि सांसदलाई ज्यान बचाईदिन आग्रह गरेको थियो ।

विशेष