स्वास्थ्य

लामो समय एन्टिबायोटिक खानु स्वास्थ्यका लागि घातक

लामो समय एन्टिबायोटिक खानु स्वास्थ्यका लागि घातक

फागुन ३ । लामो समयसम्म एन्टिबायोटिक सेवनले साइडइफेक्ट निम्त्याउने चेतावनी चिकित्सकहरुले दिँदै आएका छन् ।

सबैभन्दा गम्भीर पाटो यो हो कि यस्ता औषधिको सीधा असर दिमागमा पर्छ । पछिल्लोपटक फ्रान्सको बर्लिनस्थित म्याक्स डेलब्रक सेन्टर फर मलिक्युलर मेडिसिनलेपनि रिसर्चपछि यो कुराको पुष्टि गरेको छ । दिमागलाई तेज राख्न शरीरका स्वस्थ्य ब्याक्टेरिया आवश्यक पर्छ । रिसर्चबारे जर्नल सेल रिपोर्टले लेखेको छ । एक विशेष प्रकारको प्रतिरक्षा कोषिकाले ब्याक्टेरिया र दिमागबीच मध्यस्थताको काम गर्छ । शरीर र दिमागबाट निस्कने हर्मोनले सीधा कोषिकाको सम्पर्कको सहाराबाट एक–अर्काबीच सम्बन्ध कायम गर्छन् ।

यो रिसर्चले एन्टिबायोटिकको सहारा लिनेको शरीरको माइक्रोबायोम नष्ट हुने दाबी गरेको छ । मुसालाई प्रयोग गरेर एन्टिबायोटिकको अवसरबारे रिसर्च गरिएको हो । एन्टिबायोटिक नदिएका मुसाको तुलनामा एन्टिबायोटिक दिएका मुसाको मस्तिष्क कोषिका निर्माण भएको थियो ।

एन्टिबायोटिक खुवाइएपछि कम कोषिका निर्माण भएका मुसामा दिमागी क्षमताकमजोर देखिएको रिसर्चले देखाएको छ । मान्छेमा पनि यो कुरा लागू हुने रिसर्चमा संलग्न विज्ञहरुको दाबी छ ।

Medicine

विशेष